एबीएसमा आयो सुजुकीकाे सर्वाधिक बिक्री हुने स्कुटर

काठमाडौं । मोटरसाइकल तथा स्कुटर निर्माता सुजुकीले भारतमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने स्कुटर एक्सेस १२५ को नयाँ भर्सन सार्वजनिक गरेको हो ।

कम्पनीले सुजुकी एक्सेस राइड कनेक्ट एबीएस एडिसनको मूल्य ९२ हजार ३२८ भारु र राइड कनेक्ट टीएफटी एबीएस एडिसनको ९८ हजार ३७८ भारु (एक्स शोरुम) तोकेको छ ।

कम्पनीले स्कुटरलाई राइड कनेक्ट एबीएस एडिसन र राइड कनेक्ट टीएफटी एबीएस एडिसनका रूपमा बजारमा उपलब्ध गराएको हो ।

कम्पनीले एबीएस सुरक्षा फिचर अपडेट गरेर एक्सेस १२५ स्कुटरलाई दुई भेरियन्टमा बजारमा ल्याएको हो । सुजुकीले एक्सेसमा पहिलो पटक सुरक्षा फिचरका रूपमा सिंगल च्यानल एबीएस ब्रेकिङ सिस्टम प्रयोग गरेको हो ।

दुवैै स्कुटर ५ कलर अप्सनमा पाइन्छ । एक्सेसमा १२४ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम ८.७ पीएस पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ । यसमा सीभीटी अटोमेटिक ट्रान्समिसन पनि दिइएको छ ।

स्कुटरमा कनेक्टिभिटी सिस्टम सहितको डिस्प्ले र एलईडी हेड्ल्याम्प छ । साथै, टर्न बाइ टर्न नेभिगेसन, ५.३ लिटरको फ्युल ट्याकं, २४.४ लिटरको अण्डर सिट स्टोरेज, एक्स्टर्नल फ्युल लीड, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, अलोय ह्वील लगायत फिचर छन् ।


Back_to_top