११ लाख ९२ हजारमै किन्ने हो ‘किया स्पोटेज्’

काठमाडौं । ११ लाख ९२ हजार न्यूनतम मूल्यमा किया स्पोटेज् एसयूभी बिक्रीमा आएको छ । नेपाल राष्ट्र बैंकले आफुसँग भएका ४ एसयूभी लिला बिक्री गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले १७ दिनको समयसिमा तोकेर लिलाम बिक्रीको लागि बोलपत्र आह्वान गरेको छ । इच्छुक ब्यक्ति वा फर्मले २०८२ माघ ११ गते भित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । यसरी पेश भएको बोलपत्र माघ १२ गते दिनको १२ बजे खोलिने केन्द्रिय बैंकको सम्पत्ति तथा ब्यवस्थापन विभागको सूचनमा उल्लेख छ ।

केन्द्रिय बैंकले आफुसँग रहेको चार एसयूभी बिक्री गर्न लागेको हो । जसमा सबैभन्दा कम न्यूनतम मूल्य सेभ्रोले टाभेरा २०१२ मोडलको छ । यसको न्यूनतम मूल्य ७ लाख २९ हजार रुपैयाँ तोकिएको छ ।

अन्य सबै मोडल किया स्पोटेज् २०१४ हुन् । त्यसमा ११ लाख ९२ हजारदेखि २३ लाख १६ हजारसम्म मूल्य तोकेर लिलाम बिक्रीमा राखिएको हो ।


Back_to_top