ठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियतासँगै उपभोक्ताको रोजाइ र आवश्यकतामा परिवर्तन आउन थालेको छ ।
पछिल्लो समय ईभी गाडीका खरिदकर्ताहरूले रेन्ज र चार्जिङ बाहेक अन्य कुरामा पनि ध्यान दिन थालेका छन् । यस्तो अवस्थामा हाल नेपाली गाडी खरिदकर्ताहरू रियर ह्वील ड्राइभ (आरडब्लूडी) प्रविधि जडित विद्युतीय साधनप्रति आकर्षित भएको देखिन्छ ।
आरडब्लूडी प्रविधि जडित ईभी साधनमा उत्कृष्ट कम्फर्ट, ट्राक्सन र सन्तुलन हुन्छ । नेपालको जस्तो विविधताले भरिएको बाटोहरूमा आरामदायी र आत्मविश्वासका साथ ड्राइभिङ अनुभव प्रदान गर्ने हुँदा यस प्रविधि जडित ईभीहरूमा खरिदकर्ताको आकर्षण बढ्दै गएको हो ।
के हो रियर ह्वील ड्राइभ ?
रियर ह्वील ड्राइभ उत्कृष्ट ह्याण्डलिङ र सन्तुलनका कार विश्व प्रसिद्ध छ । यो प्रविधिमा मोटरको सम्पूर्ण शक्ति गाडीको पछिल्लो पाँग्रामा केन्द्रित हुन्छ । जसका कारण अगाडिका पाँग्राहरूले गाडीलाई मोड्ने काम मात्र गर्छन् भने पछिल्ला पाँग्राहरूले गाडीलाई अगाडि धकेल्ने काम गर्छन् ।
यो प्रविधि जडित गाडी चल्दा , गाडीको तौल पछाडि सर्छ र पछिल्ला टायरहरूमा सार्छ । यसले सडकमा राम्रो पकड पाउँछन् । गाडी नचिप्लिने र गाडीले घुमाउरो मोडहरूमा पनि राम्रो नियन्त्रण बनाउँछ ।
साधारणतया यो प्रणाली विलासी र महँगा स्पोट्र्स कारहरूमा मात्र प्रयोग गरिएका हुन्छन् भन्ने बुझाइ छ । तर, हाल नेपालमा उपलब्ध एमजीका गाडीहरूमा यो प्रिमियम सुविधा रहेको पारामाउण्ट मोटर्सले जनाएको छ । एमजीका चर्चित मोडेलहरू एमजी एस ५, एमजी ४, एमजी कोमेट र एमजी आईएम ६ मा रियर ह्वील ड्राइभ छ ।
आरडब्लूडी प्रविधि नेपालका लागि उपयुक्त छ ?
नेपालको भौगोलिक विविधताको कारण यहाँका बाटोहरूमा थुप्रै विविधतः रहेको छ । नेपालका सडकहरूमा ठाडा उकाला, ओराला र थुप्रै घुम्तीहरू छन् । त्यस्तोमा आरडब्लूडी प्रविधि जडित ईभीहरू नियन्त्रण , सन्तुलन र कम्फर्टको हिसाबले सबैभन्दा बढी प्रभावकारी रहन्छन् ।
एमजीका गाडीमा ४ लाखसम्म छुट
आरडब्लूडी प्रविधि जडित ईभीको खरिद गर्ने योजनामा रहेका ग्राहकहरूको लागि पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रीफाइङ न्यू इयर २०२६’ अफर ल्याएको छ ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकले एमजीका विद्युतीय सवारी साधन खरिदमा अधिकतम ४ लाख रुपैयाँसम्ममको नगद लाभ पाउने छन् ।
साथै, उत्कृष्ट मूल्याङकन, एक्चेज बोनस, सहज फाइनान्सिङ सुविका, एसेसरिज र तत्काल डेलिभरीको सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
त्यस्तै, एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा ४ लाख रुपैयाँसम्मको फाइदा, उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एसेसरिज पाउने छन् ।
यो अफर एमजीका देशभरका शोरूमहरूमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

