काठमाडौं । हिरोले पहिलो पटक दुई पाङ्ग्रे साधनमा ‘राडार वेस सेफ्टी फिचर’ प्रयोग गर्ने भएको छ । सबैभन्दा ठूलो दुई पाङ्ग्रे साधन निर्माता हिरो मोटोकर्पले उक्र सेफ्टी फिचरको लागि ‘भ्यालियो’ कम्पनीसँग सम्झौंता गरेको हो ।
हिरोले भ्यालियोको सहयोगमा मोटरसाइकलका लागि एड्भान्स राइडर एसिस्टेन्स सिस्टम (एआरएएस) तयार पार्ने छ । उक्त सहकार्यले हिरोका इन्ट्री लेभल मोटरसाइकलदेखि प्रिमियम मोटरसाइकलसम्ममा राइडर सुरक्षाको लागि एआरएएस दिने भएको हो ।
हिरो मोटोकर्पका अनुसार भिडा इलेक्ट्रीक स्कुटरमा समेत एआरएएस प्रयोग गरिने छ । हिरोले सम्झौंता गरेको भ्यालियो ‘एम राडार’ तथा स्र्माट क्यामेरा टेक्नोलोजी उत्पादक कम्पनी हो ।
एआरएएस सिस्टमले राडार र स्मार्ट क्यामेरा टेक्नोलोजीको प्रयोग गर्नेछ । जसको उद्देश्य सडक दुर्घटना कम गर्नु र राइडरको सवारी अनुभवलाई राम्रो र सुरक्षीत बनाउनु रहेको छ । कम्पनीका अनुसार यसको कन्सेप्ट मोडलले अपेक्षा अनुरुप काम गरिरहेको छ ।
यसको प्रयोगपछि चालकको लागि मात्र नभएर पैदल यात्रीको समेत सुरक्षामा सुधार आउने र त्यही अनुसार डिजाइन गरिएको कम्पनीको दावी छ ।
अहिले चार पाङ्ग्रे सवारी सधानमा ‘एडास’ को प्रयोग सामान्य जस्तै भइसकेको समयमा ‘एआरएएस’ले दुई पाङ्ग्रेको सुरक्षामा ठूलै फड्को मार्ने अनुमान गरिएको छ ।
एआरएएसले एडासले जस्तै ३६० क्यामेरा र सेन्सरको सहयोगले सडक र सवारीको रियल टाइम मोनिटर गरि चालकलाई सुचना प्रदान गर्छ । यसमा लेन किप असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, अगाडि र पछाडिको दुरि मापन प्रविधि उपलब्ध हुन्छ । यसले ट्राफिक चिन्न र पैदल यात्रीको पहिचान समेत गर्नेछ ।

