नेपाल आइपुग्यो ‘ओरा फाइभ’ एसयूभी

काठमाडौं । ग्रेटवाल मोटर्सको न्यू इनर्जी ब्राण्ड ओराको नयाँ कम्प्याक्ट इलेक्ट्रीक एसयूभी नेपाल आइपुगेको छ । नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले ‘ओरा फाइभ’ एसयूभी नेपाल भित्र्याएको हो ।

नेपाल आएसँगै ओरा फाइभ चाँडै बिक्री सुरू गर्ने कम्पनी स्रोतले बताएको छ । कम्पनीले हाल ग्रेटवाल मोटर्सको ओरा ०३ ह्याचब्याक ईभी बिक्री गर्दै आएको छ ।

ओरा फाइभले नेपाली बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बीवाइडी एटो टु, एमजी एस फाइभ, ओमोडा ई फाइभ, लीपमोटर बी-१०, दीपल एस-०५, हुन्डाई क्रेटा ईभी, महिन्द्रा बीई सिक्स, टाटा कर्भ ईभी लगायतसँग प्रतिस्पर्धा गर्नेछ ।

ओरा फाइभमा एसभोल्टले उत्पादन गरेको ५८.३ किलोवाट आवरको एलएफपी ब्याट्री छ । यसले एकपटको फुलचार्जमा ४३० किमी बढी रेन्ज दिने कम्पनीको दाबी छ । यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ ।

ओरा फाइभको लम्बाइ ४४७१ एमएम, चौडाइ १८८३ एमएम र उचाइ १६४१ एमएम छ । यसमा २७२० एमएम लामो ह्वीलबेस दिइएको कारण लग्जरी यात्रा गर्न पाइन्छ ।

ओरा फाइभकाे ड्यासबोर्डमा १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसमा फ्ल्याट बटम स्टेरिङ ह्वील, फिजिकल स्वीचहरू, वायरलेस चार्जर, १.६५ स्क्वायर मिटरको प्यानारोमिक सनरुफ लगायत क्याबिन फिचर रहेको छ ।निकै प्रिमियम फिल दिन सक्षम एसयूभीको सिट पनि निकै आरामदायी रहेको कम्पनीको दाबी छ ।

ओरा फाइभमा १८ इन्चको अलोय ह्वील दिइएको छ । अगाडि सर्कुलर हेडलाइट र पछाडि एलईडी टेल लाइट छ । छतमा लाइडार दिइएको छ ।

रेगुलर एसयूभीको तुलनामा पृथक बडी डिजाइन र धेरै हदसम्म ओरा थ्रीबाट प्रेरित पछाडिको डिजाइनले धेरैको ध्यान खिच्नेछ । स्टाइलिस फिनिसको अलोय ह्वील र कन्भेन्सनल डोर ह्याण्डल प्रयोग भएको कारमा पछाडि स्मार्ट स्पोइलर पाउन सकिन्छ ।

ओरा फाइभ कम्प्याक्ट ईभीमा रुफ लाइडार सहितको २७ वटा सेन्सर रहेको छ । यो ईभीमा जीडब्लूएमले विकास गरेको कफि पाइलट अल्ट्रा एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम समेत रहेको छ ।


Back_to_top