२२० किलोमिटर रेन्ज भएको ‘मन्टिस’ मोटरसाइकल सार्वजिनक

काठमाडौं । भारतीय टु-ह्विलर स्टार्टअप कम्पनी ओक्सा इनर्जीजले नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल मन्टिस सार्वजनिक गरेको हो ।

बैग्लोर वेस स्र्टाटअप कम्पनी ओक्सा इनर्जीले ३ लाख ६० हजार भारतीय रुपैयाँ (एक्स शोरुम बैग्लोर) मूल्य निर्धारण गरेर सार्वजनिक गरेको हो ।

कम्पनीले सन् २०१९ मा उक्त मोटरसाइकल पहिलो पटक सार्वजनिक गरेको थियो भने २०२० मा नै यो मोटरसाइकल सार्वजनिक गर्ने योजना बनाएपनि सम्भव भएको थिएन ।

मन्टिस मोटरसाइकलमा २०.५ किलोवाट पीक पावरको लिक्वड कुल्ड मोटर उपलब्ध छ । यसमा ८.९ किलोवाट अवारको लिथिएम आयोन ब्याट्री दिइएको छ । यलसाई एकपटक फुल चार्ज गरेर २२१ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसको टप स्पीड क्षमता १३५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ ।

फास्ट चार्जर सपोर्ट गर्ने मन्टिसलाई २ घण्टा ३० मिनेटमा फुलचार्ज गर्न सकिन्छ । कम्पनीले यसको ब्याट्री र मोटरमा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी दिएको छ ।

विद्युतीय मोटरसाइकलमा यूएसडी फर्क/मोनोशक सस्पेन्सन, ब्लुटूथ कनेक्टिभिटी, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, राइड-वाई-वायर टेक्नोलोजी लगायत एड्भान्स फिचर पाउन सकिन्छ ।

आक्रामक स्पोर्टी लुक भएको ओक्र्सा मन्टिसले अल्ट्राभोइलेट एफ ७७ सँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।


Back_to_top