काठमाडौं । वार्षिक रुपमा सरकारले जारी गर्ने ‘सरकारको नीति तथा कार्यक्रम’ सार्वजनिक गर्न आज राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सरकारी निवास शितल निवास पानीपोखरीबाट संघीय संसद भवन नयाँ वानेश्वरसम्म यात्रा गरेकी छन् । राष्ट्रपतिको यो वर्षको शितल निवासबाट संसद भवनसम्मको यात्रा सबैले चासो पूर्वक नियालेका थिए ।
कोरोना भाइसरको महामारीले विगत ५३ दिनदेखि देश नै लकडाउनमा रहेको अवस्थामा राष्ट्रपतिको कारगेड कस्तो रहने छ भनेर विहानैदेखि सामाजिक संजालमा चर्चा परिचर्चा भएको थियो ।
तर, राष्ट्रपतिको आजको सवारी सँधैको जस्तो सुरक्षा निकायका गाडीहरुको लावा लस्करसहित संसद भवनमा उनको उपस्थिती रहेको थियो । यो यात्रामा १० वटा भन्दा बढि गाडी तथा दर्जन मोटरसाइकल सहित राष्ट्रपतिको सवारी मर्सिडिज बेञ्ज कारमा भएको थियो ।
आज राष्ट्रपतिको कारगेडमा एक दर्जन गाडी र एक दर्जन मोटरसाइकलको प्रयोग भएको थियो । राष्ट्रपतिको कारगेडमा सुजुकी भि स्ट्रोम मोटरसाइकलको प्रयोग गरिएको थियो ।



