काठमाडौं । विश्वप्रसिद्ध २०२५ रेड डट डिजाइन अवार्ड तथा २०२६ आइएफ डिजाइन अवार्ड प्राप्त गरेको चेरी क्यू नेपाल आउने भएको छ ।
नेपालका लागि चेरी ब्राण्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले चेरी क्यू आगामी साउनमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा लन्च गर्ने भएको हो ।
चेरी क्यूले आकर्षक डिजाइन, नवीन सोच तथा सौन्दर्य र उपयोगिताबीचको उत्कृष्ट संयोजनका लागि उक्त प्रतिष्ठित अवार्ड पाएको हो ।
अन्तर्राष्ट्रिय डिजाइन विज्ञहरूको निर्णायकमण्डलद्वारा प्रदान गरिने यस पुरस्कारले नवप्रवर्तन, गुणस्तर तथा उत्कृष्ट प्रयोगकर्ता अनुभवलाई नयाँ उचाइमा पुर्याउने उत्पादनहरूलाई सम्मान गर्ने गर्दछ।
चेरी क्यूले आधुनिक शहरी विद्युतीय सवारीको नयाँ परिकल्पना प्रस्तुत गर्दै भविष्यमुखी डिजाइन र स्मार्ट इन्जिनियरिङको उत्कृष्ट संयोजन प्रदान गर्दछ । यसको सफा तथा आकर्षक बाह्य डिजाइन, न्यूनतम डिजाइन अवधारणामा आधारित प्रिमियम इन्टेरियर, विशेष लाइटिङ सिग्नेचर तथा फराकिलो क्याबिनले आधुनिक शहरी जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको क्रसओभरको परिचय दिन्छ।
दैनिक शहरी यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले बनाइएको चेरी क्यूमा ४१.२ किलोवाट आवरको ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।
चेरी क्यूमा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । रियर ह्वील ड्राइभ प्लेटफर्ममा आधारित यस अर्बन क्रसओभरले उत्कृष्ट ड्राइभिङ अनुभवसँगै उच्च ऊर्जा दक्षता पनि प्रदान गर्दछ।
आधुनिक डिजाइन, अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गुणस्तर तथा अत्याधुनिक विद्युतीय प्रविधिको संयोजन भएको चेरी क्यूले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ ।


