काठमाडौं । हिजो आएको आर्थिक वर्ष २०७५/७६को बजेटले सवारीसाधनमा अत्याधिक कर थप गरेको छ । अन्तःशुल्कमा भारी वृद्धि गरेको सरकारले सडक प्रयोग बापत लाग्ने सडक दस्तुर मोटरसाइकलमा नै १ लाख ८० हजारसम्म वृद्धि गरेको छ ।
यो पनी पढ्नुस्ः यी कार जसको अन्तःशुल्क बढेपनि मूल्य बढ्दैन
१५० सीसीसम्मका मोटरसाइकलमा यसअघि १० हजार रुपैयाँ लाग्दै आएको सडक दस्तुर अब १५ हजार बनाइएको छ ।
त्यस्तै १५० भन्दा माथी २५० सीसीसम्मका बाइकको १२ हजार रुपैयाँ लाग्दै आएकोमा १८ हजार र २५० देखि ४०० सीसीसम्मका बाइकले १५ हजार तिर्दै आएकोमा ५० हजार र २० हजार रुपैयाँ लाग्दै आएको ४०१ सीसी भन्दा माथीका बाइकलाई एकमुष्ट २ लाख रुपैयाँ बनाइएको छ ।
यो पनी पढ्नुस्ः सबै किसिमका मोटरसाइकल भयो महंगो, सडक दस्तुर नै २ लाख !
यो पनी पढ्नुस्ःकति सीसीको कारको मूल्य कति बढ्छ, सूचिसहित
यसरी मोटरसाइकलमा लाग्दै आएको सडक दस्तुर १ लाख ८० रुपैयाँ हजारसम्मले बढाइएको छ ।
अब नयाँ ब्यस्था अनुसार १ हजार सीसीसम्मका कारले मूल्यको ८ प्रतिशत, २ हजार सीसीसम्मको लागी मूल्यको ९ प्रतिशत र २ हजार सीसी माथिका कारमा मूल्यको १० प्रतिशत पुर्याइएको छ ।

