बुलेट बाइक यसरी बन्यो, हार्ले डेभिड्सन !

रोयल इनफिल्ड बाइक यूनिक डिजाइन र पावरका पर्फमेन्सका कारण चर्चित रहेको छ । धेरै जसोले उक्त बाइकलाई मोडिफाई गरेर पनि चलाउने गरेका छन् । 

नेपाली सडकमापनि सबैभन्दा धेरै मोडिफाइ गएिको बाइकमा बुलेट नै पर्ने गरेको छ । हाम्रो यातायात कानुनले सवारीसाधन मोडिफाई गर्ने अधिकार नदिएकोले धेरै ठुलो गरेर चलाएको पाइदैन । जसमा सबैभन्दा धेरै साइलेन्सर चेन्ज गर्ने गरेको छन् ।

यस्तोमा भारतीय बजारमा एउटा मोडिफाई गर्ने कम्पनीले रोयल इनफिल्ड क्लासिक बाइकलाई हार्ले डेभिड्सन आइरन ८८३ मा परिणत गरेको फोटो सोसमिडियामा निकै चर्चित बनेको छ । मोडिफाईपछि यो बाइकको नाम ड्रोना दिइएको छ । 

यसमा स्पोर्टी हेडल्याम्पका साथ सिगंल पोड इन्सुमेन्ट कल्सटर दिइएको छ । फ्यूल ट्याङक हार्ले आइरन ८८३ को सिमिलर प्रयोग गरिएको छ भने, गोल्डेन कलरले बाइकलाई पहिलो हेराइमै हार्ले ८८३ को झल्को दिने बनाइएको छ ।

यसमा सिगंल सिट मात्र राखिएको छ । जसले आरामदायी राइडको मजा प्रदान गर्ने छ । सिट पछाडिको मड गार्डमा यूनिक एलइडी स्ट्रिप टेल लाइट राखिएको छ । यसको साइलेन्सरलाई पनि हार्ले आइरन ८८३ को सिमिलर नै बनाइएको छ जसमा दुई ओटा साइलेन्सरलाई सँगै राखिएको छ । 

यसमा स्पोर्टी बिग ह्वील दिइएको छ जसले रोडमा राम्रोे ग्रिप दिनेछ । यसको इन्जिनमा भने कुनै परिर्वतन गरिएको छैन । 


Back_to_top