ग्राहकले फोहोरमा फालेको पेगासस किन्दै रोयल इनफिल्ड, यस्तो छ तयारी

रोयल इन्फिल्डले भारतीय बजारमा गत जुलाई महिनामा नयाँ मोटरसाइकल ‘पेगासस लिमिटेड एडिसन क्लासिक ५००’ सार्वजनिक गरेको थियो । 

पेगासस लिमिटेड एडिसनलाई संसारभर जम्मा एक हजार यूनिट र भारतीय बजारमा जम्मा २५० यूनिट मात्र विक्री गरेको थियो । लगत्तै कम्पनीले गत अगस्टमा अर्को मोटरसाइकल ‘क्लासिक सिग्नल्स ३५०’ सार्वजनिक गर्यो जुन पेगासस लिमिटेड एडिसनको जुम्ल्याजस्तै देखिन्छ । पेगाससको तुलनामा क्लासिक अझ परिस्कृत थियो । यसमा डुअल च्यानल एबीएससमेत दिइएको थियोे । 

क्लासिक सिग्नल्स ३५० सार्वजनिक गरेपछि पेगाससको ग्राहकहरु धेरै आक्रोशीत भएका थिए । जस कारणले पेगाससलाई ग्राहकहरुले फोहोरमा फ्याँकेका थिए । 

त्यसपछि धेरै ग्राहकले यातायात मन्त्रालयको आरटीआईमा पेगासस सुरक्षित नभएको भन्दै उजुरीसमेत दिए । पछिल्लो मिडिया रिपोर्टका अनुसार रोयल इफिल्डले पेगासस मोटरसाइकल पुनः ग्राहकबाट खरिद गर्न थालेको छ । 

अब ग्राहकबाट खरिद गरिएका पेगाससलाई डिलरहरुको माध्यमबाट फेरी बिक्री गर्ने योजना कम्पनीले बनाएको छ । 

यस्तो छ रोयल एन्फिल्डको नयाँ मोडल ‘पेगासस ५००’

यो मोटरसाइकल दोस्रो विश्वयुद्धको दौरानमा शुरुवात गरेको रोयल एनफिल्ड आरइ÷डब्ल्यूडी–१२५सँग प्रेरित छ । युद्धको समयमा यो मोटरसाइकल ब्रिटिस पेराट्रोपसले प्रयोग गरेका थिए ।  यो मोटरसाइकल ‘फ्लाइङ फ्ली’ नाममा बजारमा गएको थियो । 

यस बाइकलाई युद्धमा प्रयोगका लागि मालवाहक विमानले प्यारासुटमार्फत जमिनमा राख्थे भने सैनिकले एक ठाउँबाट अर्को ठाउँमा जानका लागि यो मोटरसाइकल प्रयोग गर्थे  । यो मोटरसाइकल दुर्गम स्थानमा पनि सहजै जान सक्दथ्यो । 

रोयल एनफिल्डमा नयाँ पेगासस ५०० मा ४९९ सीसी क्षमताको इन्जिन प्रयोग गरेको छ । यसमा लगाइएको इन्जिनले २७.२ वीएचपी पावरका साथै ४१.२ एनएम टर्क उत्पादन गर्छ । 

मोटरसाइकलमा ५ स्पिड गियरबक्स प्रयोग गरिएको छ । यसका साथै मोटरसाइकलको चेसिस, ब्रेक, टायरआदी पहिलाको क्लासिक ५००को जस्तै रहेको छ । 


Back_to_top