रोयल इनफिल्डका इन्टरसेप्टर र कन्टिनेन्टल नोभेम्बरमा सार्वजनिक हुने

रोयल इनफिल्डले दुई मोटरसाइकल इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जिटी ६५० भारतमा चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले आधिकारीक रुपमा सार्वजनिक गर्नुपूर्व नै दुबै मोटरसाइकलको सर्भिस म्यानुअल लीक भएको छ । म्यानुअलका अनुसार दुबै बाइकमा ६५० सीसी प्यारलल् ट्वीन इन्जिन लगाइएको छ । यसले ४७ बिएचपी पावरका साथै ५२ एनएम टर्क उत्पादन गर्छ । 

इन्जिनमा ५ स्पीड म्यानुअल गियरबक्स र स्लीपर क्लच लगाइएको छ । दुबै मोटरसाइकलको लेन्थ २ हजार १२२ एमएम रहेको छ । दुबै बाइकको सिटको उचाई ८ सय ४ मिमि रहेको छ । 

रोयल इनफिल्ड कन्टिनेन्टल टिजी ६५०को डिजाइन क्याफे रेसर र इन्टरसेप्टर ३५० को डिजाइन स्टिट मोटरसाइकल जस्तो रहेको कम्पनीले जनाएको छ । इन्सेप्टरमा १३.७ लिटर फ्युल ट्यांक दिइएको छ भने, कन्टिनेन्टल जिटी ६५०मा १२.५ लिटर फ्युल ट्यांकी लगाइएको छ । 

इन्टरसेप्टरको मुल्य ३ लाख भारतीय रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । तुलनात्मक रुपमा जिटी ६५०को मुल्य भने केही बढि तोकिएको कम्पनीले जनाएको छ । 

यी दुबै मोटरसाइकलको बुकिङ आगामी नोभेम्बरबाट सुरु हुनेछ । रोयल इनफिल्डले अन्तर्राष्ट्रिय बजारमा एक साथ दुइ मोडल सार्वजनिक गर्ने तयारी गरेको यो पहिलो पटक हो । 


Back_to_top