हुन्डाई सेन्ट्रो (नामाकरण हुन बाँकी र मेकिङक कोड एएच२) लाई कम्पनीले अक्टोबर २३ २०१८ अर्थात् कोजाग्रत पूर्णिमाको अघिल्लो दिन सार्वजनिक गर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
हुन्डाई इन्डियाले अहिले उक्त कारको नामाकरण अभियान संचालन गरिरहेको छ । मिडिया रिपोर्टको अनुसार अधिकांसले यसको नाम सेन्ट्रो नै राख्न सुझाव दिएको उल्लेख गरेका छन् ।
कम्पनीका अनुसार यो हुन्डाईको इन्ट्रीलेवल कार हुने छ । यो कारको सार्वजनिकीसँगै कम्पनीले आफ्नो इयोन मोडलको उत्पादन बन्द गर्ने अनुमान गरिएको छ । हुन्डार्इले यस बर्षको दिपावलीको अबसर परेर सेन्ट्रो सार्वजनिक गर्ने हल्ला पहिलादेखि चलिरहेको थियो । केही दिनअघि कारको स्केच सार्वजनिक गरेको कम्पनीले अगस्ट १६ बाट नामाङकरण अभियान चलाई रहेको छ ।
बिभिन्न एजेन्सीले लगाएको अनुमान अनुसार भारतीय बजारमा यो कारको सुरूवाति मूल्य ३ लाख ५० हजार भारु रहने छ । नयाँ सेन्ट्रोको सडक परिक्षण भइरहेका तस्विरहरु यसअघि थुप्रै पटक बाहिर आइसकेका छन् ।
हुन्डाई सेन्ट्रोमा १.१ लिटर आईआरडीई र १.२ लिटर कप्पा पेट्रोल इञ्जिन दिइएको छ । इञ्जिनमा ५ स्पीड म्यानूअल गियरबक्स लगाइएको छ । कम्पनीले यस कारलाई अटोमेटिक गियर बक्समा समेत ल्याउनेछ ।
२०१८ हुन्डाई सेन्ट्रोको एक्सटेरियरमा फ्रन्ट, रियर र दुबै साईडमा प्रोटोकप लगाइएको छ । यसको आकार इयोनकोभन्दा केही ठूलो छ भने, डायमेन्सन बनावट ग्रान्ड आई–१० सँग मिल्दोजुल्दो रहेको देखिन्छ ।

