एक महिनापछि महिन्द्राको नयाँ एसयूभी आउँदै, यस्तो छ मूल्य र विशेषता

महिन्द्रा एण्ड महिन्द्राले कोरियन मोटर कम्पनी स्याङयोङको कम्प्याक एसयुभी टिभोलीको बेसमा निर्माण गरेको कम्प्याक एसयुभी एक्सयुभी ३०० भारतीय बजारमा अक्टोवरमा लन्च गर्ने भएको छ ।

महिन्द्राको एक्सयुभी ३०० कम्प्याक्ट एसयुभीमा विश्वस्तरीय मोडल हुने अनुमान गरिएको छ, जसले नयाँ क्रायास सेफ्टी नम्सहरु मिट गर्नेछ । यसको सीधा प्रतिस्पर्धा हाल बजारमा चर्चीत कम्प्याक एसयुभीहरु मारुती भिटारा, फोर्ड इकोस्पोर्ट तथा टाटा नेक्सनसँग हुनेछ ।

यसको डेभलपमेन्ट कोडनेम एस२०१ रहेको छ । कम्पनीले यो भन्दा अलि ठूलो साईजको एसयुभी एस२०२ पनि विकास गरिरहेको जानकारी प्राप्त भएको छ, जसको कम्पिटिसन हुन्डाईको क्रेटासँग हुनेछ ।

गाडीवाडी डटकमले लिक गरेका तस्वीरहरुकाअनुशार यसको डिजाइन स्याङयोङको टिभोलीसँग मिल्दोजुल्दो छ । यसको आउटलुक बोल्ड र मस्कुलर देखिएको छ । क्याविन पनि स्पेसियस रहेको छ, जसमा ५ जना यात्र।ले आरामसँग यात्रागर्न सक्नेछन् ।

यसको स्टेयरिङ ह्वीलमा मल्टियुटीलीटी फिचरहरु सुसज्जीत हुनुकोसाथै ठूलो साईजको तथा भोइस कमाण्ड युक्त टचस्किृन इम्फोटेन्मेन्ट सिस्टम हुनेछ । जसमा ब्लुतुथ सपोर्ट तथा एप्पल कारप्ले र एन्ड्रोइड अटो पनि सपोर्ट गर्नेछ ।

यसको लम्बाई ४ मिटरको कम्प्याक रहने छ, जसमा टियुभी ३०० मा प्रयोग भएको एमहक १.५ लीटरको डिजल इन्जीनको प्रयोग हुनसक्छ जसले १०० बिएचपी पावर तथा २४० एनएम टर्क उत्पादन गर्नेछ ।

यो गाडी टुह्वील तथा फोरह्वील दुवै अप्सनमा उपलब्ध हुनेछ । यसमा म्यानुअल र अटोमेटिक दुबै प्रकारको ट्रामिसनको  छनौटको सुविधा रहनेछ  । यसको मुल्य भारतीय बजारमा ८ देखि १२ लाख रुपैयाँसम्म हुने सम्भावना रहेको छ ।


Back_to_top