काठमाडौं । बेलायती मोटरसाइकल ब्राण्ड रोयल इनफिल्डले भारतमा क्लासिक गोअन ३५० मोटरसाइकलको २०२६ भर्सन सार्वजनिक गरेको छ ।
कम्पनीले केही फिचरहरु थपेर गोअन ३५० मोटरसाइकलको नयाँ भर्सन बजारमा ल्याएको हो । कम्पनीले नयाँ गोअनको सुरूआती मूल्य २ लाख १९ हजार ७८७ भारु (एक्स शोरुम) तोकेको छ ।
कम्पनीले यस मोटरसाइकलमा गरेको मुख्य अपडेट गियरबक्समा थपिएको असिस्ट एण्ड स्लिपर क्लच हो । यसले क्लचलाई चलाउन हल्का बनाउँछ र तीव्र गतिमा गियर घटाउँदा पछाडिको पाँग्रा उफ्रिने (ह्वील हाप) समस्या कम गर्छ । जसले सहरको ट्राफिक र कम गतिको सवारीमा निकै उपयोगी बनाउँछ। यसले गर्दा मोटरसाइकलको गियर परिवर्तनमा पहिलेभन्दा सहज हुने भएको छ।

गोअन मोटरसाइकल बबर लुक्स, फ्लोटिङ राइडर सीट, कलरफुल ट्युबलेस स्पोक ह्वील्स, चोपरशैलीको फेण्डर, स्ल्याश कट एक्जस्ट र मिड एप ह्याण्डल बारहरूले गर्दा निकै आकर्षक देखिन्छ । लुक्सका कारण गोअन मोडल बजारमा निकै चर्चित पनि छ ।
रोयल इन्फिल्ड गोआन क्लासिक ३५० मा ३४९ सीसीको एयर कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । यसले अधिकतम २०.४८ पीएस पावर र २७ एनएमटर्क जेनेरेट गर्छ ।

