चर्चित बुलेट-५०० यसकारण बन्द हुने !

नयाँ प्रदुषण मापदण्ड ‘भारत स्ट्यान्डर्ड ६’ को चपेटामा रोयल इन्फिल्ड पर्ने देखिएको छ ।

कम्पनीले सन् २०२० अप्रिल एकबाट लागुहुने बीएस ६ मापदण्ड अनुसार आफ्ना ५०० सीसी सेग्मेन्टका तीन मोटरसाइकल उत्पादन बन्द गर्ने तयारी गरेको भारतीय अटो मिडियाले उल्लेख गरेका छन् । रोयल इन्फिल्ड बुलेट ५००, थन्डरवर्ड ५०० र क्लासीक ५०० मोटरसाइकललाई बीएस–६ मा अपग्रेड गर्नुभन्दा उत्पादन बन्द गर्न उपयुक्त हुने निष्कर्षमा कम्पनी पुगेको उल्लेख गरिएको छ । 

५०० सीसीको न्यून बिक्री र बीएस६ अपग्रेड गर्न लाग्ने महंगो मूल्य पर्ने कारण समस्यामा परेको हो ।

रोयल इन्फिल्डका एक अधिकारीका अनुसार रोयल इन्फिल्डका मोटरसाइकलहरु नयाँ इमिशन मापदण्डमा निर्माण गर्दा महंगो पर्ने भएका कारण कम्पनीले नयाँ प्रडक्ट निमार्ण गर्ने सम्भावना रहेको तर हाल यही लाइनअपलाई विस्तारै नयाँ इमिशन मापदण्ड अनुरुप अपग्रेड गर्दै जाने बताए । 

यद्यपी कम्पनीले ५०० सीसीका मोटरसाइकल केही बिशेष बजारको लागि मात्र निर्माण गर्ने सम्भावना रहेकोसमेत बताइएको छ । 


Back_to_top