नेपाल आयो ट्रायम्फको ३५० सीसीको पहिलो मोटरसाइकल, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा ट्रायम्फको ३५० सीसीको मोटरसाइकल  सार्वजनिक भएको छ । ट्रायम्फ मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ट्रायम्फ स्पीड टी ४ बिक्री सुरु गरेको हो ।

कम्पनीले ट्रायम्फ स्पीड टी ४ को मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकेको छ । यससँगै यो नेपालमा उपलब्ध ट्रायम्फको सबैभन्दा सस्तो मोटरसाइकलक बनेको छ ।

न्यु ट्राइम्फ स्पीड टी ४ मोटरसाइकल स्पीड ४०० कै प्लेटफर्ममा निर्माण टी ४ मा ३४९ सीसी सिंगल सिलिण्डर इन्जिन रहेको छ । यो इन्जिनले २९ हर्ष पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

मोटरसाइकलमा गोलाकार एलईडी हेडलाइट, गोलाकार १३ लिटरको ट्याङ्की डिजाइन र पातलो टेल इण्ड छ । यसमा ट्याकोमिटर, ओडोमिटर, ट्रिप मिटर र अन्य जानकारी देखाउने अल न्यु डुअल फर्म्याट इन्स्ट्रमेन्ट एलसीडी क्लस्टर दिइएको छ ।

साथै, नयाँ ट्राइम्फ टी ४ मोटरसाइकल निकै आकर्षक रेट्रो, रोडस्टार डिजाइन र नयाँ ग्राफिक्समा छ । स्पीड टी ४ मा कम्फर्टेवल सिट, म्यानुअल थ्रोटल बडी कन्ट्रोल, स्लिपर क्लच, ४३ एमएम टेलिस्कोपिक फोर्क, मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्क ब्रेकसँगै डुअल च्यानल एबीएस, टर्क असिस्ट स्लिपर क्लच, यूएसबी पोर्ट, पूरा एलईडी लाइट, १७ इन्च एलोय ह्वील जस्ता फिचरहरू पाउन सकिन्छ ।


Back_to_top