काठमाडौं । नेपालमा एथरको नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । नेपालका लागि एथर इलेक्ट्रीकको आधिकारिक बिक्रेता वैद्य इनर्जीले नाइमा मोबिलिटी एक्स्पोमा एथर रिज्टा जेड स्कुटरको नयाँ एलआर भेरियन्ट बिक्री सुरु गरेको हो ।
कम्पनीले एथर रिज्टा जेडको सानो ब्याट्री क्षमता र टच स्क्रीन भएको एलआर भेरियन्ट नेपाल ल्याएको हो । कम्पनीले नयाँ भेरियन्टको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ । यो नेपालमा रिज्टा जेड सिरिजको सस्तो मूल्यको स्कुटर समेत हो ।
नयाँ भेरियन्टमा आइपी एक्स ७ वाटर एण्ड डस्ट रेसिस्टेन्स प्रविधिसहितको २.७ किलोवाट आवरको ब्याट्रीप्याक पाउन सकिन्छ । यसले एकपटकको फुलचार्जमा १२३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसलाई घरको चार्जरबाट फुलचार्ज हुन ४ घण्टा १० मिनेट समय लाग्छ ।
यसमा आइपी ६६ रेटिङ भएको ४.३ किलोवाटको मोटर दिइएको छ । जसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले ४.७ सेकेण्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको रफ्तार पुरा गर्छ ।
स्कुटरमा टच स्क्रीन टीएफटी डिस्प्ले, एथर एपसहितको कनेक्टिभिटी सुविधा, नेभिगेसन, लाइभ लोकेसन सियर, ह्वाट्स्एप प्रिभ्यू, अटो रिप्ले टु कल, म्याजिक ट्विस्ट, टो एण्ड थेप्ट नटिफिकेसन, फाइन्ड माइ स्कुटर सुविधा छ ।
साथै, पूरा एलईडी लाइट सेटअप, राइडिङ मोड, वास्तविक रेन्ज, पार्किङ असिस्ट, अटो होल्ड, गाइड मि होम लाइट, फल सेफ, स्किड कन्ट्रोल, ब्याट्री रिजेन सिस्टम, इमर्जेन्सी स्टम सिस्टम, ओटीए अपडेट, एबीएस सिस्टम, डिस्क ब्रेक, सीबीएस ब्रेकिङ सिस्टम, अलोय ह्वील, टेलिस्कोपिक फोर्क, मोनोसक सस्पेन्सन र भ्वाइस इन्टर्याक्सन लगायत एड्भान्स फिचरहरू छन् ।


