सेरेसको ५ औं शोरुम नक्सालमा, थप ५ स्थानमा चाँडै खोल्ने

काठमाडौं । नेपालका लागि सेरेस ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा ल्याएको छ । सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले उक्त शोरुम उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सेरेसका प्रतिनिधि जुन सि र यी पांग लगायतको उपस्थिति रहेको थियो । नयाँ शोरुमले नेपालमा सेरेसको उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने विष्णुकुमार अग्रवालले दावी गरे ।

उद्घाटन समारोहमा एमएडब्लु वृद्धिले सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडियो पनि देखाएको थियो ।

काठमाडौंको नक्सालमा रहेको नयाँ शोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रीक भेहिकलको संसारको आभाष दिलाउनेछ । ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो शोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला ईभी मोडेल र परामर्श तथा टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम रहनेछ ।

सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुरमा शोरुम संचालन गरिरहेको छ । काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि शोरुम खोल्दैछ ।


Back_to_top