काठमाडौं । रुपन्देहीको ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् ।
मंगलबार बिहान नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस र लु३त ३५३० नं को ट्याक्टर एक आपसमा ठोक्कएर दुर्घटना भएको हो ।
धान बोकेको ट्याक्टरसँग मणिग्रामको शान्ति नमूना माविको बस ठोक्किएको हो । दुर्घटनामा कक्षा ११ र १२ मा अध्ययन गर्ने २१ विद्यार्थी घाइते भएका हुन् ।
घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा यपचार गराइरहेका छन् भने ४ जना डिस्चार्ज भएर घर फर्केको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


