सेगवेका स्कुटरमा ७ अफर, एक्सचेन्ज सुविधा पनि पाइने

काठमाडौं । सेगवे नाइनवटका दुई प्रिमियम इलेक्ट्रीक स्कुटर नेपाली बजारमा विक्री गर्दै आएको छ । सेगवे नाइनवटको आधिकारिक विक्रेता कम्पनी आइ हब प्रालिले ई १०० र ई १२५ विक्री गर्दै आएको छ ।

कम्पनीले नेपालमा २ लाख ९१ हजार रुपैयाँदेखि ३ लाख ९१ हजार रुपैयाँसम्म मूल्य तोकेर स्कुटर विक्री गर्दै आएको छ । नेपाल आएको छोटो समयमा नै धेरैको रोजाईमा पर्न सफल इलेक्ट्रीक स्कुटरमा चाडपर्व लक्षित स्कीम सार्वजनिक भएको छ ।

आइ हब प्रालिले ‘दशै तिहार सेगवेको साथ, उपहार ७’ नामक स्कीम ल्याएको हो । यो स्कीम अन्तर्गत ग्राहकले सेगवेका स्कुटर खरिद गर्दा स्मार्ट ब्यान्ड, १० हजार नगद छुट, एक वर्षको इन्स्योरेन्स र वार्षिक कर उपहारमा पाउन सक्नेछन् । यसका साथै लक्की ड्रमार्फत सेगवेका किक स्कुटर, स्मार्ट ब्यान्ड तथा स्मार्ट फोनहरु जित्न सकिने योजना लागु भएको हो ।

साथै, स्कीममा स्कुटर किन्नेले एक्सचेन्ज तथा फाइनान्स सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नाइनवोट ई १००

यसमा २.४ किलोवाटको म्याक्स पावर तथा १.८ किलोवाटको रेटेड मोटर उपलब्ध छ । यो मोटरले १५० एनएम टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ५८ किलोमिटर प्रतिघन्टा रहेको छ ।

ई १०० स्कुटर सुरक्षाको हिसाबले अत्याधुनिक प्रविधिको रहेको छ । सेगवे ई-१०० चालक नबसेसम्म स्टार्ट हुँदैन । त्यसैगरी स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म पनि यो स्कुटर गुडाउन सकिदैन ।

यसमा कि-लेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन् । एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ ।

सिट कुसनको तल्लो भागमा रहेको २२ लिटर क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तुहरु राख्ने पर्याप्त ठाउँ उपलब्ध छ ।

नाइनबट ई १०० कालो, सेतो, निलो र रातो गरी ४ कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो ई स्कुटरमा मोबाइल चाजिङ स्लट, तीन फरक ड्राइभिङ मोड जस्ता फिचर पाउन सकिन्छ । यो स्कुटर एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

सेगवे ई-१०० को मूल्य २ लाख ९१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सेगवे ई-१२५

ई-१२५ मा २४०० वाटको मोटर रहेको छ । यो मोटरले २०० एनएम टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ७५ किलोमटिर प्रतिघण्टा रहेको छ ।

यसमा ७४ भोल्ट २७ एम्पियरको रिमुभएबल लिथिएम आयोन ब्याट्री दिइएको छ । यो ब्याट्री प्याकलाई फुलचार्ज गर्न ५ देखि ६ घण्टा समय लाग्छ भने यसलाई एकपटक फुलचार्ज गर्दा १२० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

त्यसैगरी, ई-१२५ मा सबै लाइटहरू एलइडी दिइएको छ भने यसमा डिजिटल डिस्प्ले, क्रुज कन्ट्रोल, राइड मोड, हाजार्ड लाइट, २२ लिटर स्टोरेज क्षमता, यूएसबी चार्जर, रिमोट कि कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यो स्कुटरको तौल जम्मा ८० किलोग्राम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स १३० एमएम रहेको छ ।

आइ हब प्रालिले सेगवे नाइनवट ई-१२५ को मूल्य ३ लाख ९१ हजार रुपैयाँ रहेको छ ।


Back_to_top