सिप्रदीको मेघा होली क्याम्प, विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालका लागि टाटा कमर्सियल गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले मेघा होली क्याम्प आयोजना गरेको छ । कम्पनीले रङको पर्व होलीको अवसरमा सम्पूर्ण ग्राहकवर्गमा शुभकामना आदनप्रदान गर्न उक्त कार्यक्रम गरेको हो ।

बुधबार सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठले एक विशेष समारोह बीच उक्त कार्यक्रमको शुभारम्भ गरे । उक्त क्याम्प सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरूमा फागुन १७ देखि २१ गतेसम्म उक्त क्याम्प संचालन हुनेछ ।

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरूको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५ देखि २२ प्रतिशतसम्म, जेन्यूइन आयलमा २५ प्रतिशत र सर्भिस बुकिङ्ग गरेर आउने गाडीहरूलाई लेवर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ्ग सुविधा रहेको छ ।

साथै, यस क्याम्पमा सहभागी हुने ग्राहकहरूका लागि अर्को पटकका लागि उही छुट सुविधा भएको सर्भिस छुट कुपन पाउने छन् । त्यस्तै, भाग्यशाली ३ जान ग्राहकहरूलाई स्र्माट फोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको छ ।

प्रमुख कार्यकारी श्रेष्ठले ग्राहकको चाहाना अनुसार टाटा कमर्सियल गाडीहरूको संचालन खर्चलाई न्यूनीकरण गर्ने उद्देश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथै टाटा जेन्यूइन पार्ट्स र आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको बताए । उनले ग्राहकलाई उक्त सुविधाको भरपुर फाइदा उठाउन अनुरोध समेत गरेका छन् ।


Back_to_top