सिप्रदीले ल्यायो १५ महिना वारेन्टी भएको एक्साइड ब्याट्री

काठमाडौं । सिप्रदी ट्रेडिङ्गले एक्साइड ब्राण्डको इलेक्ट्रीक रिक्सामा प्रयोग हुने नँया ब्याट्रीको सार्वजनिक गरेको छ । कम्पनीले एक्साइड ब्राण्डको इ-रिक्सा ब्याट्री नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो ब्याट्री १५ महिनाको वारेन्टी भएको एकमात्र ब्याट्री रहेको छ ।

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ-रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन । यिनीहरुमा ‘रगेड ट्युवलर पोजिटिभ प्लेट’को विशेषता भएकोले यसले इलेक्ट्रीक रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ ।

आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नँया उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्ने कम्पनीले विश्वास लिएकाे छ । कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नँया एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।


Back_to_top