काठमाडौं । स्कोडाको नयाँ इलेक्ट्रीक एसयूभी एलरोक परीक्षणको क्रममा देखिएको छ । परीक्षणसँगै यसमा रहने फिचर लगायतका विषयमा जानकारी बाहिर आएको हो ।
कम्पनीले ५५ किलोवाट आवर, ६३ किलोवाट आवर र ८२ किलोवाट आवरको तीन फरक ब्याट्री रहने छ । साथै, स्कोडा एलरोक विभिन्न ४ भेरियन्टमा आउने छ । कम्पनीका अनुसार एलरोक ५०, ६०, ८५ र ८५ एक्स भेरियन्टमा उपलब्ध हुनेछ ।
मोटर पनि ३ फरक साइजमा आउने छ । सुरुवाति भेरियन्टमा १२५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । उक्त मोटरलाई ५५ किलोवाट आवरको ब्याट्रीले पावर प्रदान गर्छ ।
सेकेन्ड भेरियन्टसँग १५० किलोवाटको मोटर रहने छ । यसलाई पावर प्रदान गर्न ६३ किलोवाट आवरको ब्याट्री प्रयोग गर्दा कम्पनीले माथिल्ला दुई भेरियन्टमा अल ह्वील ड्राइभ २२० किलोवाटको मोटर रहने छ । यसमा ब्याट्री पनि ठूलो ८२ किलोवाट आवरको हुनेछ । यसको अधिकतम रेन्ज भने ५६० किलोमिटरसम्म हुनेछ ।
सन् २०२४ को अन्त्यसम्ममा बजारमा आउने अपेक्षा र अनुमान गरिएको स्कोडाको ग्लोवल मोडल एलरोक इलेक्ट्रीक एसयूभी कम्पनीको ‘मोर्डन सोलिड’ डिजाइन ल्याङ्गोइजमा तयार भएको हो । स्कोडाका डिजाइन चीफ ओलिभर स्टेफिनले नयाँ प्लेटफर्मको पुष्टि गरेका हुन् ।
मेट्रीक्स एलइडी हेडलाइट, माथिल्लो भागमा दिइएको एलइडी डिआरएल, सानो लोअर ग्रिल र माथिल्लो भागमा स्कोडाको लोगो भने छापिएको अवस्थामा पनि देख्न सकिन्छ ।
एलरोकको साइड बडीमा बाक्लो क्लाडिङ दिइएको देख्न सकिन्छ । साथै परम्परागत डोर ह्याण्डल, स्लीक आउट लाइन र १९ इन्चको ह्वील यसमा दिइएको छ । टप भेरियन्टमा २० इन्चको ह्वील रहने बताइन्छ ।
निकै ढाकेर परीक्षण भइरहेको एसयूभीमा रहने फिचरको बारेमा खासै जानकारी बाहिर आएको छैन । तर, आधुनिक फिचरको लामो लिष्ट एलरोक ईभीमा रहने अनुमान गर्न सकिन्छ ।

