स्पेयर पार्टको भन्सारमा एक रुपता र अन्तःशुल्क हटाउन माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्पेयर पार्टसमा लाग्दै आएको भन्सार दर घटाउन माग गरेको छ । सवारीसाधनमा प्रयोग हुने स्पेयर पाटर्समा लाग्दै आएको भन्साद दर कम भयो भने चोरीको बाटोबाट आउने क्रम पनि घट्ने र राजश्व समेत बढ्ने नाडाको भनाई छ । 

सवारीसाधनको मर्मत, सम्भार मात्र हुने होइन कि यसको प्रयोगले वातावरणमा सकारात्मक प्रभाव पर्ने र विभिन्न किसिमका साना ठूला सर्भिस सेन्टरहरु सञ्चालन भई उद्योगको रुपमा स्थापित हुने नाडाको जिकिर छ । यसरी उद्योगको रुपमा स्थापित हुँदा स्थानिय तहको भ्यालूएड हुने र रोजगारीको थप सृजना समेत हुने भई दक्ष तथा उच्च दक्ष प्राविधिक जनशक्तिको खपत हुनेछ । 

राजस्वको दृष्टिकोणले हेर्दा स्पेयर पार्टस खासै ठूलो योगदान नदिने वस्तुको सूचिमा पर्ने भएकोले पनि यसमा लाग्ने भन्सार दरमा एकरुपता ल्याउन नाडाले सरकारलाई आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटका लागि पठाएको सुझावमा उल्लेख छ ।

नाडाले भनेको छ ‘सबै किसिमका स्पेयर पार्टसमा ५ प्रतिशत मात्र भन्सार महशूल लाग्ने व्यवस्था भई स्पेयर पार्टसमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क महशुल हटाउनको लागि माग गर्दर्छौ ।’ भन्सार दर घट्दा राजश्वको दायरा विस्तार भई राजश्व वृद्धि हुने, अनधिकृत रुपमा भईरहेको व्यापार निरुत्साहित हुने, आधिकारिक रुपमा आयात हुने स्पेयर पार्टसलाई प्रोत्साहन हुने, सबै व्यवसायी करको दायरमा आउने भएकोले समान व्यवहार हुने र कम भन्सार दर हुने भएको कारण मूल्याङ्कन यथार्थ हुने तर्क नाडाले पेश गरेको छ । 

त्यस्तै नाडाले आयात हुने स्पेयर पार्टसको विललाई मान्यता दिई भन्सारमा पुनः मूल्याङ्कन गर्न नहुने, शंका लागेमा छानविनगरी सो सामान खरिद गर्ने व्यवस्था हुनु पर्ने, अन्तर्राष्ट्रिय रुपमा प्रचलित एचएस कोडलाई नेपाल सरकारले पनि मान्यता दिनु पर्ने र साफटा सुविधा अन्तर्गत आउने सामानहरुको स्पष्ट व्याख्या हुनु पर्ने माग गरेको छ । 


Back_to_top