काठमाडौं । अटोमोवाइल क्षेत्रमा स्पोट्स यूटीलीटी भेहिकल (एसयूभी)को माग उच्च छ । अहिलेको बजारमा ह्याचव्याक र सेडानको तुलनामा दोब्बर धेरै एसयूभी बिक्री हुन थालेका छन् । यही बिक्रीको लिडर मोडल हो ‘हुन्डाई क्रेटा’ ।
विगत ८ वर्षमा कसैले नयाँ कम्प्याक्ट एसयूभी किन्ने सोचमा बनायो भने उसको पहिलो रोजाई हुन्डाई क्रेटा हुने गरेको छ । यो अहिले पनि निरन्तर जारी छ । सरकारले लगाएको आयात प्रतिबन्ध र त्यसपछि सुरु भएको आर्थिक मन्दीले अहिले बिक्रीमा केही सुस्तता आएको छ । तर, बिक्रीमा अब्बल नै छ ।
सन् २०१६ बाट नेपाली बजारमा बिक्री सुरुको कम्प्याक्ट एसयूभी सेग्मेन्ट उसलाई टक्कर दिने अर्को मोडल नेपाल आउन सकेको छैनभन्दा फरक पर्दैन ।
आकर्षक डिजाइन, लग्जरीयस इन्टेरियर, धेरै भेरियन्टमा छनौटको सुविधा, डिजेल र पेट्रोल इन्जिन अप्सन यसको सबैभन्दा बलियो पक्ष हो । यीभन्दा पनि महत्वपूर्ण विषय यसको ‘रिसेल भ्यालु’ हो ।
आफ्नो लगानी सहि ठाँउमा छ र क्रेटापछि बिक्री गर्नुपर्दा पनि धेरै पैसा आउँछ भन्ने ग्यारेन्टी भएकै कारण यसमा आकर्षण बढ्दो छ । कप्याक्ट एसयूभी साइजमा भएपनि क्रेटा चलाउँदा ठूलो प्रिमियम एसयूभी चलाएको अनुभव गर्न सकिन्छ ।
पहिलो जेनेरेशन क्रेटा
हुन्डाईले विकासील देशहरुको टुसान र भेन्यूको बीचमा राखेर ल्याएको क्रेटा सन् २०१४ को बेइजिङ मोटर शोमा ‘आईएक्स–२५’ नाममा पहिलापटक देखिएको थियो ।
अहिले ईभीमा धेरै मानिसको चासो बढ्दै गएको छ । त्यसैले हुन्डाईले आफ्नो सर्वाधिक सफल मोडलको ईभी पनि परिक्षण सुरु गरिसकेको छ ।
कम्पनीले भारतमा भने सन् २०१५ जुलाईमा लन्च भएको थियो । त्यसपछि सन् २०१६ को सुरुवातमा नेपाल आएको हो । यसको लम्बाई ४.३ मिटर रहेको छ । सुरुमा १.६ लिटर पेट्रोल, १.४ लिटर टर्बो पेट्रोल र १.६ लिटर डिजेल इन्जिनमा यसलाई ल्याएको थियो ।
मस्कुलर कर्भी एक्टेरियर डिजाइन, आकर्षक र अत्याधुनिक फिचर लोडेड इन्टेरियर, भीएसएम, इएससी, हिल असिस्ट, रियर पार्किङ असिस्ट, एबीएस र ६ वटासम्म एयरव्याग जस्ता सुरक्षा फिचर भएको क्रेटा तत्कालै बजारमा हटकेक बन्यो ।
फेसलिफ्ट डिजाइन
क्रेटाको माग र बिक्री उच्च भइरहेकै समयमा हुन्डाईले सन् २०१८ मा यसको फेसलिफ्ट डिजाइन बजारमा ल्यायो । यसको फेसलिफ्टले बजारमा नयाँ बेन्चमार्क तयार गर्यो ।

फेसलिफ्टमा अपडेटेड फ्रन्ट बम्पर, ठूलो साइजको हेग्जागनल क्रोम लाइन ग्रिल, नयाँ रियर बम्पर, नयाँ डिजाइनको हेडल्याम्प तथा टेलल्याम्प, नयाँ डिजाइनको अलोय ह्वील जस्ता कस्मेटिक परिवर्तनले यसले धेरैको मन–मस्तिस्कमा स्थान बनायो ।
सेकेन्ड जेनेररेशन क्रेटा
हुन्डाईले सन् २०२० मा क्रेटाको दोस्रो जेनेरेशन मोडल बजारमा ल्यायो । अहिले पनि बजारमा त्यही मोडल चल्तीमा छ । आकर्षक लुक्सको साथ आएको दोस्रो जेनेरेशन क्रेटा स्टाइलिस बडी डिजाइन र लोभलाग्दो फिनिसिङमा उपलब्ध छ ।
यसमा एलइडी ट्रियोबीम हेडल्याम्प क्लस्टर, सि सेपको डेलाइम रनिङ लाइट, डिउल टोन फ्रन्ट बम्पर, फगल्याम्प, सिल्भर कलर स्कीडप्लेट जस्ता बाहिरी मेटेरियलले उत्कृष्ट लुक्स प्रदान गरेको छ ।

क्रेटाको पछाडि भागमा दिइएको एलइडी कनेक्टेड टेललाइट, एरोडाइनामीक रियर स्पोइलर, १७ इन्चको आकर्षक डायण्ड कट अलोय ह्वीलले प्रिमियम देखाएको छ ।
सेकेन्ड जेनेरेश मोडलको सफलता यसको क्यावीन फिचर प्रमाणित गर्छ । यसको क्याविन टपक्लास मेटेरियलले बनेको छ । डबल टोन फिनिसिङ, सफ्टटच मेटिरियल, लेदरेड सिटको कारण लग्जरीयर र कम्फर्ट फिल गर्न सकिने क्याविन पाइन्छ ।

त्यस्तै, यसमा थपियका नयाँ जेनेरेशन फिचरहरु इलेक्ट्रीकल्ली एड्जस्टेबल ड्राइभर सिट, लेदरर्याप डि-कट स्टेरिङ ह्वील, बोसको म्युजीक सिस्टम, एप्पल कार प्ले तथा एण्ड्ररोइड अटो कनेक्टीभीटी सहितको १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ ।
चालकको लागि सूचना प्रदान गर्न ७ इन्चको डिजिटल क्लस्टर, तीन फरक ड्राइभ मोड, पानारोमीक शनरुफ, एम्वीयन्ट लाइट, कुल्ड ग्लोब बक्स जस्ता फिचरले क्रेटालाई थप ट्रेन्डी बनाएको छ ।
आकर्षक लुक्स, लग्जरीयस क्याविन कम्फर्ट र हाई ब्राण्ड भ्यालुका कारण नेपाली बजारमा हुन्डाई क्रेटा सधै कम्प्याक्ट एसयूभी सेग्मेन्टमा पहिलो रोजाइ बन्न सफल भएको हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दिएको उत्कृष्ट आफ्टर सेल्स सर्भिस नेटवर्क, पार्टस्को एथेस्ट उपलब्धता र बलियो डिलर नेटवर्कले क्रेटाको बिक्रीमा साथ दिएका छ । समय फेरिएको छ । अहिले ईभीमा धेरै मानिसको चासो बढ्दै गएको छ । त्यसैले हुन्डाईले आफ्नो सर्वाधिक सफल मोडलको ईभी पनि परिक्षण सुरु गरिसकेको छ ।

सन् २०२४ मा क्रेटाको फेसलिफ्ट मोडलसँगै ईभी पनि बजारमा आउने छ । यसले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा अब्बल ताज लिएर हिडेको क्रेटालाई कुन स्थान दिन्छ, त्यो हेर्न भने अझै एक वर्ष कुर्नु पर्ने हुन्छ ।

