सुजुकी स्वीफ्टको फेसलिफ्ट सार्वजनिक, यस्ता छन् परिमार्जन

काठमाडौं । सुजुकीले जापानी बजारबाट स्वीफ्ट फेसलिफ्टको बिक्री सुरु गरेको छ । कम्पनीले तेस्रो जेनेरेशन स्वीफ्टको फेसलिफ्ट बजारमा उतारेको हो ।
कम्पनीले नयाँ स्वीफ्टको अगाडिको ग्रिल परिवर्तन गरेको छ भने यसको इन्टेरियर रिफ्रेस गरेको छ ।
सुजुकीले सन् २०१८ मा बजारमा आएको तेस्रो जेनेरेशन स्वीफ्टले आफ्नो पुरानो लोकप्रियतालाई कामयमै राखिरहेको समयमा कम्पनीले यसको फेसलिफ्ट मोडल ल्याएको हो ।

मिडिया रिपोर्टहरुका अनुसार कम्पनीले आगामी दिपावलीको अघिनै स्वीफ्टको फेसलिफ्ट मोडल भारतमा पनि ल्याउने छ । जापानबाट भने कम्पनीले आफ्नो ग्लोवल मोडलको फेसलिफ्ट बिक्री सुरु गरेको हो ।

नयाँ स्वीफ्टमा दिइएको रेडियटर ग्रिलमा क्रोम दिइएको छ । साथै, ड्यूल टोन अलोय ह्वील दिइएको छ । यसको सिटमा केही परिमार्जन गरिएको छ । यसमा ७.० इन्च टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम र ४.२ इन्चको कलर इन्ट्रुमेन्ट क्लष्टर यसमा रहने छ ।

यसमा कम्पनीले १.२ लिटर के१२सी ड्यूलजेट पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनले अधिकतम ९१ एचपी पावर र ११८ एनएम टर्क प्रदान गर्छ । जुन यसअघिको के१२एम इन्जिनको तुलनामा ७ हर्स पावर बढी हो । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने छ । उक्त इन्जिनले प्रतिलिटर २१ किलोमिटर माइलेज गर्ने कम्पनीको दावी रहेको छ ।

नेपालमा पनि स्वीफ्टको पहिलो जेनेरेशन मोडलदेखि नै बिक्री हुँदै आइरहेको छ ।


Back_to_top