जापानका दुई प्रख्यात अटो निर्माता कम्पनी टोयोटा र सुजुकीले इलेक्ट्रीक सवारीसाधनको उत्पादनलाई जोड दिने उद्देश्यअनुरुप सहकार्य गर्दैआएका छन् ।
इलेक्ट्रीक भइकल उत्पादनलाई बढावा दिने लक्ष्यसहित सुजुकी कम्पनीले टोयोटाको बेङ्गालुरु प्लान्टमा एक अर्व अमेरिकी डलर लगानी गर्ने भएको छ । भारतीय रुपैयाँ करिब ६,८५० करोडको लगानीमा एक लाख ५० हजार युनिट्स बढी गाडी उत्पादन गर्ने लक्ष्यसहित कम्पनीले काम गर्दै आएको छ ।
यी दुई कम्पनीको साझेदारीमा निर्माण हुने पहिलो कारलाई अर्काे वर्ष सार्वजनिक गर्ने जानकारीमा आएको छ । मारुती सुजुकीले टोयोटा कम्पनीलाई दुई मोडल बिटारा ब्रेजा र बोलेनो दिने छ जुन टोयोटाको ब्रान्डमा आउने छ ।
यी दुबै मोडलको मूल्य एग्रेशिप निर्धारण गरिने आँकलन गरिएको छ । सुजुकीले गर्ने लगानीलाई टोयोटाको प्रोडक्सन बेशलाई परिमार्जन गर्न प्रयोग गर्ने जनाइएको छ । त्यस्तै, सुजुकीले कम्प्याक्ट अल्ट्रा हाई इफिसेन्सी पावरट्रेनको विकासको योजनासमेत बनाएको छ । योसँगै टोयोटा इलेक्ट्रीक भेइकल उत्पादनमा केन्द्रित हुने अनुमान गरिएको छ ।
भारतको गुजरातमा अवस्थित मारुती सुजुकीको उत्पादन केन्द्रबाट लिथियम आयन ब्याट्री निर्माण हुनेछ । मारुती सुजुकीले टोयोटासँगको सहकार्यमा भारतीय प्लान्टबाट सन् २०३० सम्ममा २ लाख ५० हजार युनिट्स इलेक्ट्रीक सवारीसधान उत्पादन गर्ने योजना बनाएको छ ।

