यी हुन् जुलाई महिनामा धेरै बिक्री भएका १० कार, कुन कार कति बिक्यो ?

पछिल्लो समय कार प्रयोगकर्ताहरु बढ्दै गएका छन् । सवारीको सहज उपलब्धता र मानिसको आयस्तरमा भएको वृद्धिले कार चढ्नेको संख्या बढ्दै गएको हो । 

भारतमा २०१८ को जुलाईमा १० सबैभन्दा धेरै बिक्री हुने कारको सूची उल्लेख गरिएको छ । 

भारतमा सबैभन्दा धेरै बिक्री हुने कारमा मारुती सुजुकी पर्छ । १० धेरै बिक्री भएका कारको यो सूचीमा मारुती सुजुकीको ६ वटा मोडल रहेका छन् । 

१. मारुती सुजुकी डिजायर

२०१८ को जुलाईमा मारुती सुजुकीको डिजायर सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । जुलाई महिनामा भारतीय बजारमा २५ हजार ६ सय ४७ वटा डिजायर बिक्री भएको तथ्यांक छ । 

२. मारुती सुजुकी अल्टो

केही समय अघि सबैभन्दा धेरै बिक्री हुने कारको सूचिमा अल्टो थियो । तर जुलाईमा अल्टो दोस्रो स्थानमा रहेको छ । जुलाईमा २३ हजार ३ सय ७१ वटा विकेको छ । 

३. मारुती सुजुकी स्वीफ्ट

२०१८ को जुलाईमा मारुती सुजुकीको स्वीफ्ट तेस्रो धेरै बिक्री हुने कार बनेको छ । जुलाईमा १९ हजार ९ सय ९३ वटा स्वीफ्ट बिक्री भएको तथ्यांक छ । 

४. मारुती सुजुकी बलेनो

मारुती सुजुकीको प्रिमियम ह्याचब्याक कार भारतमा निक्कै लोकप्रिय रहेको छ । यो कार जुलाईमा धेरै बिक्री हुनेको सूचीमा चौथो स्थानमा रहेको छ । जुलाईमा १७ हजार ९ सय ६० वटा बलेनो विकेको छ । 

५. मारुती सुजुकी वेगनआर

यो वर्षको जुलाईमा भारतीय बजारमा १४ हजार ३ सय ३९ वटा वेगनआर बिक्री भएको थियो । यो धेरै बिक्री हुने १० कारको सूचिमा पाँचौं नम्बरमा रहेको छ । 

६. मारुती सुजुकी भिटारा ब्रेजा

१० सर्वाधिक बिक्री हुने कारको सूचिमा छैटौं स्थानमा रहेको छ मारुती सुजुकीको एसयुभी सेगमेन्टको भिटारा ब्रेजा । यो कार जुलाईमा १४ हजार १ सय ८१ वटा बिक्री भएको छ । 

७. हुन्डाई इलाइट आइ–२०

हुन्डाईको इलाइट आइट्वान्टी भारतमा जुलाईमा सर्वाधिक बिक्री हुने १० कारको सूचिमा सातौं स्तानमा रहेको छ । उक्त सूचिमा पर्ने यो हुन्डाईको पहिलो कार पनि हो । यो कार जुलाईमा १० हजार ८ सय ८२ वटा बिक्री भएको छ । 

८. हुन्डाई ग्रान्ड आइटेन

हुन्डाईको ग्रान्ड आइटेन जुलाईमा १० हजार ७ सय ७५ वटा बिक्री भएको छ । यो १० धेरै बिक्री हुने कारको सूचिमा आठौं स्थानमा रहेको छ । 

९. हुन्डाई क्रेटा

हुन्डाईको क्रेटा जुलाईमा १० हजार ४ सय २३ वटा विकेको हो । यो कार भारतको चर्चित कम्प्याक्ट एसयुभी मध्येमा पर्छ । यो १० धेरै बिक्री हुने कारको सूचिमा ९औं नम्बरमा रहेको छ । 

१०. होन्डा अमेज

जुलाईमा १० धेरै बिक्री हुने कारको सूचिमा १०औं नंबरमा होन्डाको अमेज रहेको छ । यो कार जुलाईमा १० हजार १ सय ८० वटा बिक्री भएको सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले जनाएको छ ।


Back_to_top