मूल्य, डिजाइन, क्याविन र इन्जिनमा ठूलो परिवर्तनसहित आउँदै ‘भिटारा ब्रेजा’

मारुती सुजुकीले दुई महिनापछि बजारमा भिटारा ब्रेजाको फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले सन् २०१६ मा सार्वजनिक गरेको यस मोडलले राम्रो बजार पाइरहेको थियो । तर, गत फेब्रुअरीमा महिन्द्रा एक्सयूभी ३०० र मे मा हुन्डाई भेन्यू सार्वजनिक भएसँगै मारुती सुजुकी ब्रेजा थप दबाबमा परेको हो ।  

प्रतिस्पर्धी मोडलको ब्यापार बढेसँगै मारुतीले ब्रेजाको बिक्रीमा करिब ५० प्रतिशतले गिरावट आएको छ । त्यसैले पनि थप विशेषता सहित ब्रजेलाई बजारमा उतार्ने दवावमा कम्पनी रहेको थियो । 

ब्रेजाले टाटा नेक्सन, हुन्डाई भेन्यू, एक्सयूभी–३०० र इकोस्पर्टसँग प्रतिस्पर्धा गर्दै आएको छ । फेसलिफ्ट भर्सनले पनि सोही मोडलहरुसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।

डिजाइन

यसको लम्बाई ३९९५ एमएम, चौडाई १७७५ र उचाई १६१० हुने कम्पनीले जनाएको छ । यसमा २५०० एमएको ह्वीलवेश र  २०५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइने छ । यसको ह्वीलवेश र ग्राउन्ड क्लियरेन्स रेगुलर मोडलको भन्दा बढी हुने छ । अल ब्लाक पेन्ट सेममा आउने ब्रेजामा एलइडी डे टाइम रनिंग लाइट, १७ इन्च पोलिश अलोय ह्वील, सर्कुलर फग ल्याम्प दिइने छ । 

क्याबिन

अल ब्लाक इन्टेरियरसँगै सर्कुलर एयर कन्डिसनिंग भेन्ट, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल सिस्टम, ४.२ इन्च एमआइडी, ब्लाइन्ड स्पट मनिटरिंग, डबल सेन्सर ब्रेक सपोर्ट, प्यानोरमिक सनरुफ, पुश बटन स्टार्ट–स्टप र किलेस इन्ट्रीको विशेषता दिने कम्पनीले जनाएको छ । 

यसमा दिइएको बुट स्पेश प्रतिस्पर्धी मोडलको भन्दा ठूलो भएको कम्पनीको दाबी छ । 

इन्जिन

यसमा १.४ लिटर टर्बो बुस्टरजेट एसजेडएस अलग्रिप इन्जिनसँगै ६ स्पीड अटोमेटिक गियरबक्समा आउने अनुमान गरिएको छ । यसले १४० पीएस पावरका साथै २२० एनएम टर्क उत्पादन गर्छ । 

कम्पनीले यसअघि डिजेल इन्जिनमा मात्रै ल्याएको ब्रेजालाई अबभने पेट्रोल इन्जिनमा पनि ल्याउने छ । १.६ लिटर भिभीटी पेट्रोल इन्जिनले ११७ पिएस पावरका साथै १५६ एनएम टर्क उत्पादन गर्नेछ  । 

मूल्य

यसको मूल्य रेगुलर ब्रेजाको तुलनामा १५ देखि २५ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ । 


Back_to_top