काठमाडौं । सुजुकीको मोटरसाइकल तथा स्कुटरमा ‘मनसुन चेकअप क्याम्प’ सुरू भएको छ ।
नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले आइतबारदेखि मनसुन लक्षित चेकअप क्याम्प संचालन गरेको हो ।
कम्पनीले वर्षायाममा सवारी साधनको कार्यक्षमता र सुरक्षालाई ध्यानमा राख्दै विशेष शिविर संचालन गरेको हो । असार ५ गतेसम्म संचालन हुने यस क्याम्पमा ग्राहकले लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयर पाट्र्समा १० प्रतिशत तथा इन्जिन आयलमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
साथै, मोटरसाइकल तथा स्कुटरको १५ पोइन्ट निःशुल्क परीक्षण पनि गरिनेछ । कम्पनीले ‘सुजुकी केयर फर रेनि राइड’ नारासहित संचालन गरेको उक्त क्याम्प काठमाडौं उपत्यका र बाहिरका विभिन्न सुजुकी सर्भिस सेन्टरहरूमा भइरहेको छ ।
कम्पनीले वर्षायाममा ब्रेक, टायर, ब्याट्री, लाइट तथा अन्य महत्वपूर्ण पार्टपुर्जाको अवस्था परीक्षण गराई सुरक्षित यात्रा सुनिश्चित गराउन ग्राहकलाई उक्त सुविधा दिएको हो ।


