टाटाले नेपाल ल्यायो एकै पटक ५ नयाँ कार

काठमाडौं । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले एकै पटक ५ नयाँ कार बजारमा उतारेको छ । कम्पनीले नेक्सन, टिगोर र टियागो फेसलिफ्ट सहित अल्ट्रोज र एच५ को बीएस ६ मापदण्डको इन्जिनमा उपलब्ध गराएको छ ।

हिजो एक कार्यक्रम आयोजनागरि कम्पनीले यी सबै गाडी एकै साथ सार्वजनिक गरेको हो । टाटाले अहिले नेपालमा विक्री गर्ने सबै मोडललाई बीएस ६ इन्जिनमा उपलब्ध गराएको छ । नयाँ इन्जिनमा आएसँगै टाटाका गाडीको मूल्यसमेत बढेको छ ।

कम्पनीले विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको गियोर सेडानको सुरुवाती मूल्य ३२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यसको सबैभन्दा महंगो भेरियन्टको मूल्य ३९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरि टियागो ह्याचव्याक विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेको छ । टियागोको मूल्य २८ लाखदेखि ३७ लाख १५ हजार रुपैयाँसम्म कायम भएको छ । प्रिमियम ह्याचव्याक अल्ट्रोज भने एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ । यसको एक्सएम भेरियन्टको मूल्य ३५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

टाटाको सर्वाधिक सफल सब फोर मिटर एसयूभी नेक्सनलाई कम्पनीले विभिन्न ७ भेरियन्टमा बजारमा उतारेको छ । सनरुफ सहित बजारमा आएको नेक्सनको सुरुवाती भेरियन्टको मूल्य ३९ लाख ९५ हजार रहेको छ भने टप भेरियन्टको मूल्य ५२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

टाटाको सबैभन्दा महंगो मोडल एच५ तीन भेरियन्टमा नेपाल ल्याएको छ । यसको सबैभन्दा टप भेरियन्टको मूल्य ८९ लाख ९० हजार तोकिएको छ ।


Back_to_top