टाटाको सबैभन्दा सस्तो एसयूभीमा हुने छन् यी ५ सेग्मेन्ट फर्स्ट फिचर

काठमाडौं । टाटा मोटर्सले आक्रमक बजार बिस्तार गर्ने योजना अनुरुप नयाँ नयाँ मोडल ल्याउने कामलाई तिब्रता दिदै आएको छ । कम्पनीले बढ्दो एसयूभी सेग्मेन्टको वृद्धिलाई ध्यानमा राख्दै माइक्रो एसयूभी ‘एचबीएक्स’ यही वर्षको अन्त्यमा बजारमा ल्याउने घोषणा गरेको छ ।

कम्पनीले त्योभन्दा अघि ७ सिट क्षमताको ग्राभिटास बजारमा उतार्ने छ । कम्पनीले ल्याउन लागेको माइक्रो एसयूभीले बजारमा मारुती सुजुकी एस-प्रेसो, रेनो क्वीड जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने छ ।

यस्तोमा टाटाले आफ्नो सबैभन्दा कम मूल्यकाे माइक्रो एसयूभीमा सेगमेन्टमै पहिलो फिचर कस्ता र कति दिन्छ भन्ने कुराले फरक पार्छ । अहिलेसम्मको रिपोर्ट अनुसार टाटा एचबीएक्समा केही सेग्मेन्ट फर्स्ट फिचर रहने छन् ।

स्प्लीट हेडल्याम्पः टाटा एचबीएक्सको सबैभन्दा ठूलो आकर्षण एक्सटेरियर डिजाइन हो । कम्पनीले यसमा एसयूभीमा रहने स्प्लीट हेडल्याम्प दिने छ । यसले यो सानो गाडीको अगाडिको फेसलाई आक्रमक स्वरुप प्रदान गर्नेछ ।

सेमि-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरः कम्पनीले यसमा सेमि–डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको प्रयोग गरेको छ । जुन टाटाको प्रिमियम ह्याचव्याग अल्ट्रोजबाट कम्पनीले लिएको हो । यसमा ७ इन्चको कलर डिस्प्ले दिइएको छ । जहाँ भर्चयूल टेकोमिटर, चालकलाई आवस्यक पर्ने गाडी सम्बन्धी सूचना प्राप्त हुनेछ । जसमा पावर, टर्क, डोर ओप्पन वार्निङ, क्रुज कन्ट्रोल, नेभिगेसन जस्ता सुचना प्राप्त हुने छ । यसमा एनालग स्पीडोमिटर दिइएको छ ।

हर्मन साउन्ड सिस्टमः टाटाले यो सानो गाडीमा हर्मनको साउन्ड सिस्टम दिएको छ । जुन क्लासमा नै उत्कृष्ट रहेको छ ।

ड्यास टप टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टमः कम्पनीले क्लासमा नै पहिलो पटक यसमा ७ इन्चको ड्यास–टप टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध गराएको छ ।

क्रुज कन्ट्रोलः टाटाले सानो गाडी भएपनि यसमा क्रुज कन्ट्रोलको सुविधा उपलब्ध गराएको छ ।


Back_to_top