काठमाडौं । टाटा मोटर्सको आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी नेक्सन सदस्यता लिनेहरुको लागि मासिक प्लानमा चढ्न दिने भएको छ । कम्पनीले भारतको मुख्य ५ सहरमा यस्तो योजना अगाडि ल्याएको हो ।
इलेक्ट्रीक गाडी तत्काल किन्न नचाहने तर यसको प्रयोग कस्तो र कसरी हुन्छ भन्ने परिक्षण गर्न चाहनेहरुको लागि यो योजना उपयुक्त हुने कम्पनीले जनाएको छ ।
सुरुवातमा भारतका मुख्य पाँच सहरहरु दिल्ली एनसीआर, मुम्बई, पुर्णे, हैदरावाद र बेङलुरुमा यो योजना सुरु हुने छ । सस्कृब्सन मोडलमा विभिन्न ३ वटा प्लान रहने कम्पनीले जनाएको छ ।
यस योजनामा ग्राहकहरुले १८ महिने, २४ महिने तथा ३६ महिने तीनवटा प्लानहरु मध्ये आफूलाई आवश्यक योजना छनोट गर्न सक्ने छन् । १८ महिने प्लानमा सहभागी हुने ग्राहकले मासिक ४७ हजार ९०० भारु तिर्नु पर्ने हुन्छ । त्यस्तै २४ महिने प्लानका लागि मासिक ४४ हजार ९०० तथा
३६ महिने प्लानका लागि मासिक ४१ हजार ९०० रुपैयाँ ग्राहकले तिर्नु पर्ने हुन्छ ।
आफ्नो प्लान सकिएपछि ग्राहकहरुले समय थप्ने वा गाडी फर्काउने आफ्नो अनुकुलमा निर्णय गर्न सक्छन् ।
यो नयाँ मोडलले कर्पोरेट क्षेत्रमा केही निश्चित समयका लागि वाहिरका पाहुना तथा कर्मचारीहरु यस्तो अफर उपयुक्त हुने छ । साथै केही वर्षका लागि अन्य सहरमा ट्रान्सफर हुने कर्मचारीहरुका लागि पनि यो योजना एकदमै उपयुक्त हुने कम्पनीले विश्वास लिएको छ ।

