सुजुकी ब्रेजालाई यस्तो बनायो टोयोटाले, मिनि फर्च्यूनरको स्वरुपमा आउँदै

काठमाडौं । सुजुकी भिटारा ब्रेजालाई टोयोटाले आफ्नो नयाँ मोडलको रुपमा बजारमा ल्याउन लागेको सब फोर मिटर एसयूभीको तस्विर बाहिर आएको छ । अटोकार इन्डियाले सार्वजनिक गरेको तस्विरमा सुजुकी भिटारा ब्रेजाको तुलनामा टोयोटा अर्वान क्रुजरको अगाडि भागमा ठूलो परिमार्जन देख्न सकिन्छ ।

यो एसयूभीलाई बाहिरबाट झट्ट हेर्दा सुजुकी भिटारा ब्रेजाभन्दा निकै स्टाइलिस देख्न सकिन्छ । टोयोटाले अर्वान क्रुजरलाई एङ्गुलर क्रोम फ्रेमको साथ ट्वीन स्लेट ग्रिल दिएको छ । झट्ट हेर्दा यसलाई मिनि फर्च्यूनर जस्तो देख्न सकिन्छ ।

टोयोटाले अर्वान क्रुजरलाई पछाडिको बम्परमा समेत ठूलो परिमार्जन गरेको छ । यसका अलावा अन्य बडी प्यानलमा कुनै किसिमको परिमार्जन गरेको छैन । यसको भित्री भागमा कस्तो परिमार्जन गरिएको छ भन्ने विषय बाहिर आएको छैन । यद्यपी यसमा नयाँ इन्फोटेन्टमेन्ट सिस्टम र कर मेटेरियलमा भने केही परिमार्जन हुन सक्ने अनुमान गरिएको छ ।

टोयोटाले यसमा ब्रेजाको भन्दा बढी किलोमिटर र समयावधी वारेन्टी दिने छ । अहिले ब्रेजामा २ वर्ष वा ४० हजार किलोमिटर वारेन्टी रहेको छ भने टोयोटाले अर्वान क्रुजरमा ३ वर्ष वा १ लाख किलोमिटर वारेन्टी दिने अनुमान गरिएको छ ।

इन्जिन ब्रेजामा रहेको १.५ लिटर पेट्रोल इन्जिन नै अर्वान क्रुजरमा रहेको छ । उक्त इन्जिनले १०५ बीएच पावर प्रदान गर्ने छ ।

यसले भारतीय बजारमा सुजुकी ब्रेजा, टाटा नेक्सन, फोर्ड इकोस्पोट, महिन्द्रा एक्सयूभी ३००, किया सोनेट र हुन्डाई भेन्यूसँग प्रतिस्पर्धा गर्ने छ ।


Back_to_top