टाटाले बनाउँदै अर्को सस्तो कार, मारुती सुजुकी अल्टोसँग सिधा टक्कर हुने

टाटा मोटर्सले भारतीय बजारमा इन्ट्री लेवल ह्याचब्याक कार ल्याउने तयारी गरेको छ । कम्पनीले नयाँ स्मल ह्याचव्यक अल्फा प्लाटफर्ममा आधारित रहेर निर्माण गरिरहेको छ ।

संसारमै सबैभन्दा सस्तो कारको रुपमा टाटा नानो उत्पादन गरेर आफुलाई चर्चामा ल्याएको टाटा मोटर्सले पछिल्लो समय महंगा र स्टाइलिस कार निर्माण गर्दै आएको छ । अब पुनः कम्पनीले भारतीय बजारमा अर्को नयाँ मोडलको सस्तो कार उत्पादन गर्ने भएको हो ।  

टाटाले २०१६ को अप्रिल महिनामा टाटाले टियागो ह्याचब्याक डिजाइन फिलोशपीबारे जानकारी दिएको थियो । कम्पनीले टिगोर सब फोर मिटर सेडान र नेक्सन कम्प्याक एसयूभीमा समेत उक्त फिलोशपी प्रयोग गरेको छ । 

कम्पनीले बजारमा ल्याउने भएको इन्ट्री लेवल मोडलको नाम ‘ट्रियो’ हुने अनुमान गरिएको छ । यो नयाँ मोडलले निकै राम्रो व्यापार गर्ने कम्पनीले आशा गरेको छ । यसको अन्य पक्षका विषयमा अहिले कुनै जानकारी नदिएको कम्पनीले इन्ट्री लेवलमा मारुती सुजुकी अल्टोलाई कडा टक्कर दिनेगरी यो कार ल्याउने अनुमान गरिएको छ ।  

गत वर्ष टाटाले नेक्शन क्राज स्पेशल एडिशन, फेसलिफ्ट टिगोर, टियागो एनआरजी, टियागो जेटीपी र टिगोर जेटीपी गरि पाँच वटा नयाँ मोडल सार्बजनिक गरेको थियो ।

कम्पनीको पछिल्लो प्रिमियम एसयूभी ह्यारीयरले समेत निकै राम्रै बजार पाइरहेको छ । कम्पनीले अबको दुई महिना भित्र भारतीय बजारमा आफ्नो प्रिमियम ह्याचव्याक कार अल्ट्रोज सार्वजनिक गर्ने जनाएको छ भने माइक्रो एसयूभी हर्नविल पनि उत्पादनको क्रममा रहेको छ । कम्पनीले २०२०  अटो एक्स्पोमा उक्त नयाँ मोडल ल्याउने तयारी गरेको छ । 


Back_to_top