थप विशेषतासहित आयो टाटा टियागो र टिगोर जेटीपी

टाटा मोटर्सले परिमार्जित टियागो र टिगोर जेटिपी बजारमा ल्याउने भएको छ । कम्पनीले यी मोडलको मूल्य क्रमश ६ लाख ६९ हजार र ७ लाख ५९ हजार तोकेको छ । नयाँ विशेषता थपेसंगै कम्पनीले दुबै कारको मूल्य  १० हजारदेखि ३० हजारसम्म बढाएको छ ।

कम्पनीले दुबै मोडलमा ७.० इन्चको टचस्क्रिन, एप्पल कार प्ले र एन्ड्रोइड अटो, एडजस्टेबल विंग मिरर लगाएको छ । टिगोर जेटिपीमा भने, अटोमेटिक क्लाइमेट कन्ट्रोलको विशेषता दिइएको छ ।

कम्पनीले दुबै मोडलमा ड्राइभर सिट वेल्ट रिमाइन्डर, को ड्राइभर सिट बेल्ट वार्निङ, हाइस्पिड अलर्ट सिस्टम, सार्क फिन एन्टेना, प्रोजेक्टर हेडल्याम्प, साइड स्किर्ट, रुफ माउन्टेड स्पोइलर, डायमन्ड कट अलोय ह्वीलको विशेषता दिएको छ । यस्तै, दुबै कारमा कस्टुम सिट अपहोलस्ट्री, डबल एयरब्याग, एबिएस, इबिडी, रियर पार्किङ सेन्सरजस्ता फिचर दिइएको छ ।

परिमार्जित टियागो र टिगोरमा रेगुलर मोडलमा दिइएको जस्तै १.२ लिटर ३ सिलिन्डर टर्बाेचार्ज पेट्रोल इन्जिन रहेको छ । यसले ११४ बिएचपी पावरका साथै १५० एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा पाँच स्पिड म्यानुअल गियरबक्स लगाइएको कम्पनीले जनाएको छ ।


Back_to_top