टोयोटाको चर्चित एसयूभी र्‍याभफोर हाइब्रिड नाडा अटो शोमा

काठमाडौं । टोयोटा मोटर्सको उत्पादन र्‍याभफोर नाडा अटो शो २०१९ मा प्रर्दशनी हुने भएको छ । कम्पनीले आफ्नो हाइब्रिड उत्पादनको मूल्य कति राख्ने छ भन्ने विषय अहिले सबैभन्दा चर्चामा रहेको छ ।

युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपाली बजारमा बिक्री गर्दै आएको टोयोटाका तीन मोडल नाडा अटो शोमा आउने बताइएको छ । 

जापानी कम्पनी टाटोटाले आफ्नो लोकप्रिय एसयूभी र्‍याभफोरलाई चीनको सांघाईमा हभएको सांघाई मोटर शो २०१९ मा सार्वजनिक गरेको थियो । 

हाइब्रिड र्‍याभफोर मा २.५ लिटर पेट्रोल इन्जिन रहेको छ । सीभीटी अटोमेटिक गेयरबक्समा आधारित नयाँ र्‍याभफोर उपभोक्ताले टूह्वील ड्राइभ र फोरह्वील ड्राइभ अप्सनमा विश्शव बजारमा उपलब्ध रहेको छ । तर, नेपाली बजारमा कुन अप्सनमा उपलब्ध हुने छ भन्ने विषय कम्पनीले जानकारी दिएको छैन । 

टूह्वील अप्सनमा आउने र्‍याभफोरले २११ बीएचपी र फोरह्वील ड्राइभले २१५ बीएचपी पावर जेनेरेट गर्नेछ । हाइब्रिड र्‍याभफोरमा ८ इन्च टच स्क्रिन इफोटेनमेन्ट सिस्टम, अटो हेडल्याम्प, अटो वाइपर, १७ इन्ज अलोय ह्वीललगायत विशेषता छन् । 

टोयोटा सुरक्षा विशेषतामा सँधै अग्रणी रहेको छ । सुरक्षाका लागि नयाँ र्‍याभफोरमा सेफ्टी सेन्स प्याकेज दिइएको छ । यसमा क्रुज कन्ट्रोल, लेन डिपार्च वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङजस्ता विशेषता रहेको छ । 

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट मार्फत हाइब्रिड कारमा ५० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्कमा छुट दिएपछि यी गाडी नेपाल आउन लागेका हुन् । कम्पनीले यसको नेपाली बजारमा पर्ने मूल्य केही दिन भित्रै सार्वजनिक गर्ने छ । 


Back_to_top