काठमाडौं । भारतीय ब्राण्ड टाटा मोटर्सले आउँदो चाडपर्वको सिजनमा आफ्ना सबै एसयूभीहरुको फेसलिफ्ट गरेर बजारमा ल्याउने भएको छ । कम्पनीले यस बीचमा नेक्सन, एचफइभ, सफारी, नेक्सन ईभीको फेसलिफ्ट बजारमा ल्याउन लागेको हो ।
यसका अलावा कम्पनीले पन्चको सिएनजी भेरियन्ट भारतमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आगामी ३ महिना भित्रै यी सबै मोडल अपग्रेड हुनेछन् ।
टाटाले अगस्टको पहिलो हप्ताबाटै पन्च सिएनजीको बिक्री सुरु गर्ने जनाएको छ । टाटाले आफ्नो चर्चित एसयूभी ह्यारियर (एचफाइभ) र सफारीको मिडसाइकल फेसलिफ्ट मोडलको उत्पादन सेप्टेम्वरबाट सुरु गर्ने जनाएको छ ।
यी दुबै एसयूभीमा रिफ्रेस फ्रन्ट तथा रियर लुक्स, नयाँ डिजाइनको अलोय ह्वील, इन्टेरियरमा ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर थपिने छन् ।
टाटाको फ्ल्यागसिप एसयूभी लाइनअपमा समाबेश नेक्सन र नेक्सन ईभीमा पनि ठूलो परिमार्जन हुनेछ । कर्भ एसयूभी कन्सेप्टमा बन्ने नयाँ नेक्सनमा नयाँ स्टेरिङ ह्वील, नयाँ साइजको इन्फोटेन्मेन्ट सिस्टम, नयाँ डिजाइनको सुविच गियर पाउन सकिने छ ।
टाटाले पन्चलाई पनि इलेक्ट्रीक पावरट्रेनमा ल्याउने छ । यसमा यूनिक अलोय ह्वीलका साथै ३६० डिग्री क्यामराको फिचर समेत हुने सम्भावना छ । जीपट्रोन पावरट्रेन रहने पन्च ईभीमा लिक्वीड कुल्ड ब्व्याट्री तथा फ्रन्टमा पर्मानेन्ट म्याग्नेट सिक्रोनस मोटर रहनेछ । यसको व्याट्री र मोटरको साइज भने अहिलेसम्म वाहिर आएको छैन ।
टाटाले सन् २०२४ मा प्यासेन्जर भेहिकलमा थप ८ हजार करोड लगानी गर्ने जनाएको छ । यो रकमले अटो एक्स्पो २०२३ मा देखाइएका कन्सेप्ट डिजाइनको प्रोडक्ट र टेक्नलोजीको विकासमा खर्च गर्नेछ । साथै, टाटा ग्रुपले ज्यागुअर ल्याण्डरोभरको विजनेसमा आगामी वर्ष थप ३० हजार करोड लगानी बढाउने यस अघिनै घोषणा गरिसकेको छ ।


