शक्तिशाली क्षमताको ‘टाटा योद्धा १.५’ सार्वजनिक

काठमाडौं । नेपाली बजारमा नयाँ ‘टाटा योद्धा १.५’ टन सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले शक्तिशाली इन्जिन र भारवहन क्षमता भएको नयाँ टाटा योद्धा १.५ सार्वजनिक गरेको हो ।

टाटा योद्धा १.५ कठिन भूभागमा उत्कृष्ट प्रदर्शन, उच्च भार वहन क्षमता, शक्तिशाली इन्जिन, र कम सञ्चालन खर्च सहित व्यावसायिक प्रयोजनका लागि उपयुक्त पिकअप हो। टाटा मोटर्सको भरपर्दो प्रविधि, उच्च ग्राउण्ड क्लियरेन्स, तथा आरामदायी ड्राइभिङ जस्ता विशेषताहरू ले यो गाडीलाई बजारमा छुट्टै पहिचान दिलाएको छ।

टाटा योद्धा १.५ मा १५०० केजी भार क्षमताको २५० न्यूटन मिटर टर्क भएको २९५६ सीसीको शक्तिशाली इन्जिन छ । यसमा ३० प्रतिशतको ग्रेडिएबिलिटी, मेटालिक बम्पर तथा स्टायलिस ग्रील, फोर बाइ टु र फोर बाइ फोर  ड्राइभिङ टेक्नलोजी लगायत फिचर छन् ।

टाटा मोटर्सका सीभीआईपी हेड असिफ शमिमले टाटा योद्धा १.५ टाटा मोटर्सको नवीनता, टिकाउपन, र ग्राहक सन्तुष्टिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने गाडी भएको बताए ।

‘हामी नेपालमा नयाँ  योद्धा १.५ टन सार्वजनिक गर्दा खुशी छौं। यो गाडीले टाटा मोटर्सको नवीनता, टिकाउपन, र ग्राहक सन्तुष्टिको प्रतिबद्धता लाई प्रतिनिधित्व गर्दछ। योद्धा रेञ्ज सधैं भरपर्दो र विश्वसनीयताको प्रतीक बनेको छ, र नयाँ योद्धा १.५ टनले यसैको विशेषताहरूलाई पछ्याउँदै उन्नत प्रविधि र आधुनिक सुविधाहरू प्रदान गर्दछ। हामीलाई विश्वास छ कि यो गाडीले नेपाली ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ र उनीहरूको व्यवसायमा उन्नति र सफलता बढाउन मद्दत गर्नेछ ।’

सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजन बाबु श्रेष्ठले टाटा योद्धा १.५ मा ग्राहकको व्यवसाय वृद्धि र सञ्चालन सहज बनाउन आवश्यक सबै सुविधा उपलब्ध रहेको बताए ।

‘नेपालमा टाटा पिकअपहरूले निरन्तर बजारमा अग्रस्थान ओगट्दै आएका छन्। टाटा योद्धा १.५ लिटरको आगमनले व्यावसायिक ग्राहकहरूलाई अझ बढी फाइदा दिनेछ। हामी ग्राहकहरूको व्यवसाय वृद्धि र सञ्चालन सहज बनाउन आवश्यक सबै सुविधा तथा सहयोग उपलब्ध गराउन प्रतिबद्ध छौं,’ उनले भने ।

सोही कार्यक्रममा सिप्रदीले टाटा योद्धाका पुराना ग्राहकहरूलाई समेत विशेष सम्मान गरेको छ ।


Back_to_top