अटो-फ्याक्ट्सः सावरीसाधन आयातबाट ८० अर्व राजस्व, कुनबाट कति संकलन ? (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०७४–७५ मा सरकारले भन्सारबाट संकलित राजस्वको २५.८८ प्रतिशत राजस्व सवारीसाधन तथा स्पेयर पार्टसको आयातबाट संकलन गरेको छ । सरकारले भन्सार विन्दुबाट करिव ८० अर्व २० करोड राजस्व संकलन गरेको छ । 

यसरी संकलित राजस्व मध्ये सबैभन्दा धेरै राजस्व कार, जिप र भ्यानको आयातबाट संकलन भएको छ । कुल मूल्य १६ अर्व १६ करोडको कार, जिप, भ्यान आयात भएकोमा त्यसबाट सरकारले ३३ अर्व ९ करोड राजस्व संकलन भएको छ । 

धेरै राजस्व संकलन भएको अर्को सवारीसाधन मोटरसाइकल लगायत दुईपाङ्ग्रे सवारी साधन २१ अर्व ७४ करोड मूल्य बराबरको आयात भएकोमा सरकारले राजस्व वापत २२ अर्व ३८ करोड संकलन गरेको छ । 

यसरी सरकारले मोटरसाइकल र कार, जीप, भ्यानबाट मात्रै कुल ५५ अर्व ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले सबैभन्दा कम राजस्व साइकल आयातबाट संकलन गरेको छ । कुल १ अर्व ३८ करोडको साइकल आयात भएकोमा त्यसबाट २४ करोड ८८ लाख राजस्व संकलन भएको छ । 

बस, मिनिबस र माइक्रोबस ३ अर्व २ करोड मूल्य बराबरको आयात भएकोमा त्यसबाट सरकारले २ अर्व १२ करोड राजस्व संकलन गरेको छ । 

गत आर्थिक वर्षमा हेवी इक्युपमेन्टको आयातमा ठुलो गिगरावट आएको छ । कुल ८८ करोड २२ लाखको हेभी इक्युपमेन्ट आयात भएकोमा त्यसबाट सरकारले १५ करोड ८९ लाख राजस्व संकलन गरेको छ । 

गतवर्ष मालसामान ढुवानीमा प्रयोग हुने सवारीसाधन १४ अर्व ४० करोड रुपैयाँ बराबर आयात भएकोमा त्यसबाट सरकारले ११ अर्व १३ करोड राजस्व संकलन गरेको छ । भने ट्याक्टरको आयत निकै उच्च रहेको थियो । १० अर्व ३२ करोडको ट्याक्टर आयात भएकोमा त्यसबाट सरकारले १ अर्व ७७ करोड राजस्व संकलन गरेको थियो । 

यो पनी पढ्नुस्ः अटो-फ्याक्टस्ः तथ्यांकमा सवारीसाधन आयात, कुन देशबाट कति ? 

१ अर्व ८० करोडको तीन पाङ्ग्रे सवारीसाधन आयात भएकोमा त्यसबाट सरकारले २ अर्व २५ करोड राजस्व संकलन गरेको थियो । बस, मिनिबस र माइक्रोबस ३ अर्व २ करोड मूल्य बराबरको आयात भएकोमा त्यसबाट सरकारले २ अर्व १२ करोड राजस्व संकलन गरेको छ । 

स्पेयर पार्टस

गत आर्थिक वर्ष २०७४–७५ मा नेपालमा १६ अर्व ५६ करोड मूल्य वरावरको स्पेयर पार्टसको आयात भएको छ । यसरी आयात भएको स्पेयर पार्टसबाट ७ अर्व ५ करोड राजस्व संकलन भएको छ ।   

यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमको सहकार्यमा तयार परिएको हो । हरेक बुधबार मेरोअटोमा प्रकाशन हुने छ । 


Back_to_top