एके-४७ बनाउने कम्पनीले बनाउँदै पुटिनको लागि सुपरबाइक

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन प्रायःजसो क्रेज र शौखको विषयमा चर्चामा आउने गरेका छन् । चाहे शिकार होस् वा जुँडो–कराँते, उनको छुट्टै क्रेज झल्कने गर्छ । राजनीतिकरुपमा पुटिन निक्कै ख्यातिप्राप्त भए तापनि उनको शोख र रुची पनि अन्य शासककोभन्दा भिन्न छ । हाल, पुटिन विशेष मोटरसाइकलको विषयलाई लिएर निकै चर्चित भएका छन् । पुटिनको बाइक राइडिङ्ग शौखबारे अनविज्ञ कमै होलान् ।

पुटिनका लागि मोटर साइकलको निर्माण कुनै आम–कम्पनीले नभई नामी राइफल निर्माता कम्पनी कलास्नीकोवले गर्ने भएको हो । संसारभर यो कम्पनी एके–४७ राइफलका लागि विख्यात छ । पुटिनसँग शानदार कारको संकलन त छँदैछ, हाल उनले सानदार मोटरसाइकलसमेत संकलन गर्ने योजना बनाएका छन् । 

उक्त कम्पनीले निर्माण गरिरहेको मोटरसाइकलको नाम कार्टिज राखिएको छ, जुन रेट्रो तथा मोडर्न दुबै लूकमा निर्माण भएको छ । बाइकलाई ५० प्रतिशत रेट्रो तथा ५० प्रतिशत मोडर्न लूकमा निर्माण गरिएकोे छ । बाइकमा दिइएको ब्ल्याकबडी प्यानले मोटरसाइकललाई विशेष बनाउन महत्वपूर्ण भूमिका निभाएको छ । 

सुरक्षालाई मध्यनजर गर्दै बाइकमा हतियारसमेत राखिएको छ । आम–मानिसको प्रयोजनका लागि यो बाइक सार्वजनिक हुने नहुनेबारे कुनै जानकारी दिइएको छैन । 

यो मोटरसाइकलको तौल सुन्दा जो–कोहीलाई आश्चर्य लाग्नसक्छ । मोटरसाइकलको कुल वजन नै ५०० किलोग्राम रहेको कम्पनीले जनाएको छ । साथै, मोटरसाइकलको रफ्तार ३.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टा पकड्ने कम्पनीले जनाएको छ । मोटरसाइकलको अधिकतम् रफ्तार ११३ किलोमिटर प्रतिघन्टा रहेको छ । 

वजनको कारण टपस्पीडको हिसाबले मोटरसाइकल केही ढिलो चल्ने कम्पनी बताउँछ । यसमा हालसम्म उत्पादित सबै मोटरसाइकलकोभन्दा फरक र उत्कृष्ट विशेषता दिएको कम्पनीको दाबी छ । यतिमात्रै हैन, कम्पनीसँग जोडिएको सबै विशेषता तथा आइडियाका लागि वारेन्टीसमेत दिइएको छ । 

हालसम्म, मोटरसाइकलको मूल्यबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन । भ्लादिमिर पुटिनले यसपूर्व पनि उरल र बीएमडब्ल्यू कम्पनीले निर्माण गरेका सानदार बाइक चलाउँदैआएका छन् । कार्टिएस स्पेशल स्कडद्वारा सञ्चालन हुनेगर्छ । सुरक्षालाई मध्यनजर गर्दै बाइकमा हतियारसमेत राखिएको छ । आम–मानिसको प्रयोजनका लागि यो बाइक सार्वजनिक हुने नहुनेबारे कुनै जानकारी दिइएको छैन ।

हाल कम्पनीले मोटरसाइकलको प्रोपोटाइप तयार गरिरहेको छ । कम्पनीले २०१९ सम्ममा मोटरसाइकलको प्रोपोटाइप भर्जन सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

संभवत कम्पनीले मोटसाइकललाई अमेरिकी बजारमा ल्याउने अनुमान गरिएको छ । यद्यपि, पुटिन, उनको व्यक्तिगत प्रयोजनका लागि निर्माण भएको मोटरसाइकल आम–मानिसको प्रयोगमा नआओस् भन्ने चाहन्छन् । 

कम्पनीले कार्टेज मोटरसाइकल पब्लिक प्रयोजनका लागि ल्याउँछ वा ल्याउँदैन भन्ने अर्काे चर्चा तथा पर्खाईको विषय बनेको छ । 


Back_to_top