काठमाडौं । सवारीसाधनको संचालनका लागि ब्याट्रीको भूमिका निकै ठूलो हुनेगर्छ । यसको अभावमा कार स्टार्ट हुन सक्दैन् । प्रायःजसो कार, ट्याक्सी, मोटरसाइकललगायतका सवारीसाधनको ब्याट्रीमा डिस्चार्चको समस्या आउने गर्छ । सवारीसाधनलाई वर्षात्, घाम, हावाहुरी लागेको समयमा खुल्ला स्थानमा छाड्दा पनि ब्याट्रीमा समस्या आउने गर्छ ।
त्यतिमात्रै नभई लामो समय हेडलाइट अन गरेरै छोड्दा वा हर्न बजाउँदा पनि ब्याट्रीमा डिस्चार्जको समस्या आउने गर्छ । ब्याट्रीमा निम्तिने यस्ता प्रकारमा समस्या आउन नदिन निम्न उपाय अपनाउन सकिन्छ ।
ब्याट्रीको टर्मिनल परीक्षण गर्ने
ब्याट्री कारको ऊर्जाको प्रमुख स्रोत हो । सातामा एकपटक ब्याट्रीको अवस्था परीक्षण गर्नुपर्छ । साथै, ब्याट्रीको टर्मिनलमा जमेको एसिडलाई सफा गर्नुपर्छ । ब्याट्रीको मेन्टिनेन्स फ्रि नभएको खन्डमा पनि पानी राख्ने क्रममा नियमित जाँच गर्नुपर्छ ।
ग्रिज टर्मिनलबाट बच्ने
प्रायः मानिसहरू ब्याट्री टर्मिनलमा ग्रिजको प्रयोग गर्ने गर्छन् । तर, कारमा लगाइएको ग्रिजले ब्याट्रीमा असर पर्ने विज्ञहरूको सुझाव छ । ग्रिजको अलवा कारमा पेट्रोलियम जालीको प्रयोग गर्न सकिन्छ । साथै, ब्याट्री टर्मिनललाई समय–समयमा सफा गरिराख्नुपर्छ ।
इञ्जिनको हेरचाह
चलिरहेको कार अकस्मात् तातिँदा त्यसको असर ब्याट्रीमा पर्ने गर्छ । यस्तो समयमा ब्याट्रीको पानी चाँडै सुक्ने गर्छ । त्यसैले समय–समयमा इञ्जिनको परीक्षण गर्नु आवश्यक मानिन्छ ।
सही तरिकाले ड्राइभ गर्ने
प्रायःजसो मानिसले रेश ड्राइभ गर्ने गर्छन् । यसको असर ड्राइभिङलाई मात्रै नभई कारको इञ्जिनमा समेत पर्ने गर्छ । दैनिक फास्ट कार चलाएमा यसको असर ब्याट्रीमा पर्छ र समस्या सिर्जना हुने गर्छ । त्यसैले सकेसम्मकम गतिमा गाडी चलाउनुपर्छ ।
प्रत्येक तीन वा चार वर्षमा ब्याट्री परिवर्तन गर्ने
सवारीसाधनमा लगाएको ब्याट्रीको औसत आयु तीनदेखि चार वर्षको मात्रै हुनेगर्छ । कतिपय कम्पनीले ब्याट्रीको वारेन्टी नै पाँच वर्ष दिने गरेका छन् । तर, ब्याट्रीलाई तीनदेखि चार वर्षको अन्तरमा परिवर्तन गर्नुपर्ने विज्ञको सुझाव छ ।

