काठमाडौं । विश्वको इलेक्ट्रीक भेहिकल लिडर टेस्लाको बिक्रीमा भएको रिभर्स रोकिने अवश्था देखिएको छैन । पहिलो क्वाटरमा विश्वभरको बिक्रीमा १३ प्रतिशतको गिरावट आएको थियो ।
घट्दो बिक्रीमा सबैभन्दा धेरै बजार युरोपमा गुमेको छ । अप्रिल २०२५ को बिक्री स्वीडेनमा ८१ प्रतिशतले घटेको छ । त्यस्तै नेदरल्याण्डमा ७३.८ प्रतिशत, डेनमार्कमा ६७, फ्रान्समा ५९, पोर्चुगलमा ३३ प्रतिशतले बिक्री गुमाएको हो ।
टेस्लाले बजार विस्तारको लागि युरापियन बजारमा हालै मात्र रिफ्रेस डिजाइनको ‘मोडल वाई’ लन्च गरेको थियो । यद्यपि, नयाँ मोडल वाईको कुनै जादु देखिएन ।
सन् २०२५ को पहिलो क्वाटरमा युरोपियन युनियनमा अल इलेक्ट्रीक भेहिकलको बिक्री अघिल्लो वर्षको भन्दा २३.९ प्रतिशतले बढेको थियो । तर, सोही अवधिमा टेस्लाको भने ४५ प्रतिशत बिक्री घटेको हो । यसको फाइदा चिनिया न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले पाएको छ । पहिलो क्वाटरका बीवाइडीको बिक्री १३३ प्रतिशतले बढेर १७ हजार ७२९ यूनिट पूगेको छ ।
टेस्लाको होम कन्ट्री अमेरिकामा समेत पहिलो क्वाटरमा अल इलेक्ट्रीक भेहिकलको बिक्री ११.४ प्रतिशतले बढ्दा टेस्लाको बिक्री भने ८.६ प्रतिशतले घटेको हो ।
टेस्लाका सीइओ इनल मस्क वासिङटनको राजनीतिमा लागेपछि अमेरिका र युरोपभर उनि बिरुद्ध क्याम्पेन नै चलेको छ । यसको प्रत्यक्ष प्रभाव सीईओको भूमिकामा रहेका इलन मस्कको कारण टेस्लाको बिक्रीमा परेको हो ।
निरन्तर विकास भइरहेको ईभी मार्केटमा टेस्लाले पछिल्लो समयमा नयाँ मोडल लन्च गर्न सकेको छैन । कम्पनीको पछिल्लो समय आस गरिएको मोडल साइबर ट्रक समेत नराम्रोसँग ‘फल्प’ भएको छ । इलन मस्कको ध्यान टेस्लामा नभएको कारण सीईओ परिवर्तन गर्नु पर्ने आवाज समेत कम्पनी भित्र चलिरहेको छ ।