ह्यारियर ईभी अगामी महिना लन्च हुँदै

काठमाडौं । टाटा मोटर्सले मिडसाइज एसयूभी ह्यारियर (नेपालमा एच फाइभ) आगामी महिना लन्च गर्ने भएको छ ।

कम्पनीले गत जनवरीमा भारतको नयाँदिल्लीमा सम्पन्न अटो एक्स्पोमा प्रडक्सन स्पेक देखाइएको ह्यारियर ईभी सन् २०२५ जुन ३  देखि बिक्री गर्ने भएको हो ।

टाटाको ह्यारियर ईभी ह्यारियर डिजलको फेसलिफ्टको डिजाइनसँग धेरै समानता रहेको छ । यसको फ्रन्टमा भर्टिकल एलईडी हेडलाइट डिजाइन, फुलविथ कनेक्टेड डीआरएल लाइटबार रहेको छ । यसको रियरमा पनि फ्रन्टको जस्तै कनेक्टेड लाइटबार, बम्पर माउण्टेड भर्टिकल फगल्याम्प हाउजिङ रहेको छ ।

ह्यारियर ईभीलाई फरक देखाउन सिल्ड अपर ग्रिल, कर्भ ईभीको जस्तै क्रोम ट्रिम भएको एयरड्याम, १९ इन्चको ह्वील, फ्रन्ट डोर र टेलगेटमा ह्यारियर ईभीको ब्याजिङ आदि रहेको छ ।

यसको इन्टेरियरमा ड्युल टोन ड्यासबोर्ड, टच बेसको एचभीएसी कन्ट्रोल, फ्लोटिङ टचस्क्रीन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फोर स्पोक स्टेरिङ ह्वील आदि रहेको छ । प्यानारोमिक सनरुफ, टेरेन मोड, इलेक्ट्रीक पार्किङ ब्रेक लगायत फिचर थपिएको छ ।

ह्यारियर ईभी टाटा मोटर्सको एक्टी डट ईभी आर्किटेक्चरमा बनेको यो ईभी अल ह्वील ड्राइभ अप्सन सहित लन्च हुनेछ । ड्युल मोटर भएको यो ईभीको पिक टर्क ५०० न्युटन मिटरसम्म हुने कम्पनीले जनाएको छ ।

टाटाले ह्यारियर ईभीको ब्याट्री र मोटर पावर तथा डिटेल स्पेशिफिकेशन बाहिर ल्याएको छैन । यद्यपि, यो ईभीमा कर्भ ईभीमा भएको ५५ किलोवाट आवरभन्दा बढी साइजको ब्याट्रीप्याक हुनेछ । यो ईभीले एकपटकको फुलचार्जमा टाटाको सी७५ रेन्ज टेष्ट साइकलमा ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।


Back_to_top