काठमाडौं । यही जेठ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘टीभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना हुने भएको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले उक्त एक्सचेञ्ज एण्ड फाइनान्स मेला आयोजना गर्ने भएको हो ।
उक्त मेलामा ग्राहकहरूले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो दुईपाँग्रे सवारी साधनसँग टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सक्नेछन् ।
मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्यांकन ३० हजार रुपैयाँसम्मको सुनिश्चित प्राप्त गर्नेछन्। मेलामा ५० बढी रिकन्डिसन हाउसको सहभागीता रने छ ।
साथै, ग्राहकले ८ हजार रुपैयाँस्म्म नगद छुट, १० हजार रुपैयाँसम्म थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदरमा फाइनानस सुविधा पाउने छन् ।
कम्पनीका अनुसार नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहार पाउने छन् ।
मेला सुरू हुनु अगावै जेठ ६ गतेसम्म नयाँ टीभीएस सवारीको प्रि-बुकिङ गर्ने ग्राहकले ५ हजार रुपैयाँ बराबरको उपहार पाउने कम्पनीले जनाएको छ ।
मेलालाई रमाइलो बनाउन लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्ने व्यवस्था गरिएको छ ।


