सरकार र आयातकर्ताले नसघाउने हो भने अटोमोवाइल डिलरहरु बन्दको बाटोमा

देशमा कम्युनिष्ट पार्टीको सरकार छ । कुनै पनि बिषयवस्तुलाई बुझ्नको लागि रुप र सारमा ध्यान दिनुपर्छ भन्ने कम्युनिष्ट सिद्धान्त हो । तर, दुखको कुरा के छ भने अहिलेको कम्युनिष्ट सरकारले समेत अटो क्षेत्रको रुप (ग्ल्यामर) मात्र हेरेर व्यवहार गरिरहेको छ । यो क्षेत्रको सार बुझ्ने प्रयास कम्युनिष्ट सरकारले गर्ने गरेको छैन । रुप र सार नबुझी चालिने कदमहरु वस्तुनिष्ठ हुँदैनन् भनेर कम्युनिष्टहरुलाई कसैले भन्नै पर्दैन । तर, देश बनाउने ठूला कुराहरुमा अल्झिनु परेका कारण यो क्षेत्रको सारमा घोत्लिन नपाएको होला भनेर मै आफैंले अटो क्षेत्रको सार बुझाउनको लागि यहाँ सानो प्रयास गरको छु ।

पृष्ठभुमी

चीनको वुहानबाट सुरु भएर विश्व नै आतंकित पार्ने भाइरसे कोरोना प्रजातिको हो भनेर चीनले पुष्टी गर्यो । चीनले आफ्ना जनतालाई सुरक्षित राख्नको लागि वुहान सहरलाई पूर्णरुपमा बन्द गरेपछि संसारभर ‘लकडाउन’ शब्द खुबै चल्यो । करिब ९ महिना अगाडि वुहानबाट सुरु भएको लकडाउनको शिलशिला अहिलेसम्म रोकिएको छैन । यसको प्रयोग विश्वका धेरै देशहरुमा भयो । यसको शिलशिला अझै रोखिएको छैन ।
कोरोनाको डर र त्रासले सबैलाइ यसरी गाँज्यो कि एकपछि अर्को गर्दै धेरै देशहरुले चीनले अपनाएको लकडाउनको पद्दतिलाई अवलम्बन गरे ।

त्यसपछि सुरु भयो लकडाउनको नेपाली श्रृंखला । लकडाउन सुरु भएको केही दिन र हप्ता त सबैले घरमै बसेर बिताए । कतिपयलाइ छुट्टी मनाएको जस्तो पनि भयो होला केही समय !

नेपाल सरकारले लगाएको भन्सार, अन्तःशुल्क, भ्याट, सडक निर्माण दस्तुरको हिसाब गरेर कन्भिन्स गर्नु पर्दा कारमा भएका कति राम्रा फिचरको विषयमा भन्नै पाइदैंन । मन खिन्न हुन्छ ।

चैत्र ११ गतेबाट सुरु भएको लकडाउन दिन, हप्ता, महिना हुँदै ३ महिनासम्म चलेपछि मात्र यसको विकल्पको बारेमा सोच्नुपर्ने चर्चा चल्न थाल्यो । यस बीचमा सबै किसिमका व्यवसाय ठप्प थियो । तर, सरकारले असार मसान्तमा कार तिर्न उर्दी जारी यसको विकल्प खोज्नुपर्ने आवाजहरु अझ चर्को हुन थाले ।

सबैका आ–आफ्नै पिडा थिए । छन् । सरकारलाई कर, घरधनीलाई भाडा, बैंकलाई व्याज, कर्मचारीलाई तलव लगायतका खर्च धान्न सक्ने अवस्था थिएन । छैन ।

मेरा आफ्नै पिडा

लामो लकडाउनले सबैभन्दा बढी थलिएको क्षेत्रमा पर्ने अटोमोवाइल व्यवसायमा कोभिडको कहर उठ्नै नसक्नेगरि परिरहेको थियो । यसो भन्दैमा अन्य क्षेत्रमा कम समस्या भन्न खोजेको होइन ।

मैले आफ्ना समस्या लेख्दै गर्दा धेरै समय सोचेको छु । किन मैले नै लेख्ने ? यहाँ म भन्दा धेरै दिग्गज अनि सम्पूर्ण अटोमोवाइल क्षेत्रको प्रतिनिधित्व गर्ने संघ-संस्था पनि छन् । विश्व प्रसिद्ध ब्रान्ड भित्र्याउने आयातकर्ता पनि छन् ।

कहीँ यस्ता संस्था र व्यक्तिले राज्यका सरोकारवाला निकायसँग समन्वय पो गरिरहेका छन् कि ? विषेशगरि अर्थ मन्त्रालय, नेपाल रास्ट्र बैंक जस्ता सरकारी निकायमा केही पहल पो भइरहेको छ कि ? जस्ता अनगिन्ति कौतुहलता मनमा आइरहेको थियो ।

यो प्रश्नको जवाफ मैले अझै पाउन सकेको छैन ।

अहिले मलाई सबैभन्दा बढी गाँज्ने प्रश्न र चिन्ता भनेको हामी जस्ता नेपालमा गाडी बिक्री गर्ने डिलर संचालन गर्ने व्यवसायीहरु अब आफ्नो व्यवसाय ‘बन्द हुने हो कि, वा यो क्षेत्रबाटै पलायन हुनु पर्ने हो की’ भन्ने हो । जति कोरोनाको संकट बढ्दै जान्छ हाम्रो पेशा उती धरापमा पर्दै जाने देखिएको छ ।

ग्ल्यामर भित्रको पिडा

हाम्रो व्यवसाय र फिल्मी दुनियाँ उस्तै हो । हेर्दा भव्य शोरुम, आकर्षक र चिल्ला कार अनि ग्ल्यामर । विश्वभर नै कार व्यवसायको पहिचान यही नै हो । ठूला–ठूला अटो शो, गाडी देखाउन उभिएका सुन्दरीहरु, महंगा, सुरक्षीत र आरामदायी नयाँ नयाँ डिजाइनका कार !

यस्तो सुन्दै आनन्द लाग्ने क्षेत्रमा पिडा पनि त्यतिकै छन् । अझ नेपाल जस्तो देशमा ग्राहकले ‘भारतमा त यति मूल्य छ नी, याँ किन महङ्गो ?’ भन्दा उनीहरुलाई नेपाल सरकारले लगाएको भन्सार, अन्तःशुल्क, भ्याट, सडक निर्माण दस्तुरको हिसाब गरेर कन्भिन्स गर्नु पर्दा कारमा भएका कति राम्रा फिचरको विषयमा भन्नै पाइदैंन । मन खिन्न हुन्छ ।

लकडाउन खुलेपछि आउने ग्राहकलाई आफुले खरिद गरेको भ्याट बिल नै देखाएर ‘उचित लागेको नाफा दिनुस्, कार लैजानुस’ भन्नु परेको छ । यस्तोमा नगदमा गाडी किन्छु भन्ने ग्राहक आउँदा साँच्चिकै देवता नै आए जस्तो लाग्न थालेको छ । यो समयमा धेरै गाडीहरु नाफा नै नराखी बेचिएको छ ।

व्यवसायीहरुले अटो कर्जा खुकुलो पारिदिन नेपाल राष्ट्र बैंकका गभर्नर ज्युलाई चढाएको बिन्ती पत्र लकरमा नै थुनियो । मौद्रिक नीतिले सबै क्षेत्रले केही न केही सुविधा पाउँदा अटो क्षेत्र भने रमिते मात्रै बन्यो ।

आयातकर्ता कम्पनीसँग गाडी किनेर ल्याउने अनि बिक्री गर्ने म जस्ता डिलरले यसरी बिना नाफा गाडी बिक्री गर्नु पर्ने अवस्था सृजना हुनु भनेको हाम्रो व्यवसाय ध्वस्त हुँदै जानु नै हो ।

हामीले गाडी किन्दा आयातकर्तालाई पैसा तिर्नु पर्छ । बैंकलाई व्याज बुझाउनै पर्यो । शोरुमा काम गर्ने स्टाफको तलव, शोरुम भाडा पनि नतिरी भएन । अब यो आर्थिक बोझ थेग्ने क्षमता डिलरहरुले गुमाई सकेका छन् ।

गाडी बिक्रेता कम्पनीहरुले ल्याउने विभिन्न किसिमका अफरले विगतमा साँच्चिकै ग्राहकलाई लोभ्याउने गथ्र्यो । तर, कोरोनाको कारण ३ महिना बन्द भएको बजारलाई खोलेसँगै अहिलेसम्मकै उत्कृष्ट स्कीम कम्पनीहरुले ल्याए । यसमा पनि ग्राहकको चासो देखिएन ।

अटोमोवाइल क्षेत्रले मात्रै राजस्वमा २० प्रतिशतको हिस्सा ओगटेको भएपनि सरकारले यो क्षेत्रलाई घाँटी थिच्ने काम सधैँ गर्दै आएको छ । विगत २/३ बर्ष देखि गरेको अटो कर्जाको कडाईले नेपाल ल्याउने क्रममा रहेका हजारौँ गाडी भन्सारपारी नै थन्केर बस्ने गरेका छन् । यसलाई बचाउनु पर्छ भन्ने सरकारी सोचाई भएको देखिदैंन ।

यस बीचमा व्यवसायीहरुले अटो कर्जा खुकुलो पारिदिन नेपाल राष्ट्र बैंकका गभर्नर ज्युलाई चढाएको बिन्ती पत्र लकरमा नै थुनियो । मौद्रिक नीतिले सबै क्षेत्रले केही न केही सुविधा पाउँदा अटो क्षेत्र भने रमिते मात्रै बन्यो ।

अबको बाटो

अहिलेको जर्जर अवस्थाबाट अटोमोवाइल क्षेत्रलाई केही भए पनि राहतको अनुभव दिलाउन नाडाले सशक्त रुपमा सरकारलाई दवाब दिनु पर्ने अवस्था आएको छ । पुनः लकडाउन (निषेधाज्ञा) शुरु भएको छ । यो कति लामो समयसम्म जान्छ भन्ने एकिन छैन । अब यो लामो समय जाने हो भने यसको धक्का अटोमोवाइल क्षेत्रले थेक्न सक्ने स्थिति छैन ।

अहिलेको परिस्थिति आंकलन गर्दै ठूला आयतकर्ताहरुले आफ्ना कर्मचारी कटौति, तलब कटौति र बेतलबी विदा दिन सुरु गरेका छन् । उनीहरुको यस्तो क्रियाकलापले अटो क्षेत्र संकटको घडीमा छ भन्ने प्रस्ट पार्छ ।

यहाँ मैले बिक्रीको कुरा बढी उल्लेख गरे । बिक्री पछिको सेवा दिने सर्भिस सेन्टर र अन्य वर्कसपको अवस्था झनै दयनिय अवस्थामा पुगेको छ । कैयौं वर्कसप बन्द भइसकेका छन् ।

यस्तोमा हाम्रो सरकारसँग एउटा प्रश्न छ, ‘सरकार, कर्मचारी घटाउने, हटाउने अनि तलब कट्टी गरेर संस्था चलाउने नीति ठीक कि ? अटो लोनको सिमा बढाई सबैलाई रोजगारी दिदै व्यवसाय संचालन गर्ने बाटो ठिक ?’

बजारमा तत्काल गाडीको माग बढ्ने अवस्था छैन । यद्यपी कर्जा लिन सहज गरिदिने हो भने भविष्यमा आम्दानी गर्न सक्ने मानिसले सवारी साधन खरिद गर्न सक्ने छन् । यसका लागि अटो कर्जाको सिमा ८० देखि ९० प्रतिशतसम्म पुर्याउनु पर्छ ।

अहिलेको परिस्थिति आंकलन गर्दै ठूला आयतकर्ताहरुले आफ्ना कर्मचारी कटौति, तलब कटौति र बेतलबी विदा दिन सुरु गरेका छन् । उनीहरुको यस्तो क्रियाकलापले अटो क्षेत्र संकटको घडीमा छ भन्ने प्रस्ट पार्छ ।

ठूला आयतकर्ताहरु समेत संकटमा रहेको अवस्थामा देशभर रहेका सबै ब्रान्डका डिलरहरु अब कुन बाटो रोज्ने भन्ने धर्मसंकटमा परेका छन् । उनीहरुसँग व्यवसाय डुब्ने र आफु पलायन हुनु पर्ने बाध्यता देखिएको छ ।

यस्तोमा हामी जस्ता डिलरहरुलाई बचाउने जिम्मेवारी, सरकार, आयातकर्ता कम्पनीमा परेको छ । सरकार र आयातकर्ता दिने राहतले मात्रै अब देशभर रहेका डिलहरु बाँच्न सक्ने देखिन्छ । डिलर बचे गाडीको बिक्री बढ्ला, सरकारले कर बढी पाउला, आयातकर्ताले नाफा कमाउला र हाम्रो पनि व्यवसाय चल्ला । हामीले रोजगारी दिएका कामदारको रोजगारी पनि रहला । यस बाटोमा सबैले एक पटक ठन्डा दिमागले सोच्नु पर्ने अवस्था आएको छ ।

(लेखक गेलाल विगत १४ बर्षदेखि अटोमोवाइल क्षेत्रमा आवद्ध ब्यबसायी हुन्)


Back_to_top