एफआई इन्जिन भएका माेटरसाइकल खाेज्नेलाई ३ विकल्प, यस्ताे छ मूल्य

काठमाडौं । एफआई टेक्नोलोजी प्रिमियम मोटरसाइकलमा हुने मुख्य प्रविधि हो । तर, प्रदुषण मापदण्ड अपग्रेडसँगै अब भारतमा उत्पादन हुने सबै मोटरसाइकलमा एफआई इन्जिन उपलब्ध हुन थालेका छन् ।

भारतीय उत्पादकले एफआई प्रविधिको प्रयोग सुरु गरेसँगै नेपालमा आयातकर्ता कम्पनीहरुले एफआई इन्जिन रहेका मोटरसाइकल बजारमा ल्याउन थालेका छन् ।

नेपाली बजारमा यामाहाले एफआई इन्जिन युक्त मोटरसाइकल धेरै बिक्री गरिरहेको छ । यामाहाले एफजेड सिरिज, आर १५ भी ३, एमटी १५ जस्ता मोटरसाइकल एफआई इन्जिनमा बिक्री गर्दै आएको छ । यससँगै सुजुकीले जिक्सर सिरिजलाई एफआई इन्जिनमा बिक्री गरिरहेको छ ।

यस्तै सीएफमोटो १५० एनकेमा एफआई इन्जिनमा रहेको छ । यसका अलावा नेपालमा केही अन्य ब्रान्डका मोटरसाइकलमा एफआई इन्जिनमा उपलब्ध रहेको छ । यस्तोमा १५० सीसी सेग्मेन्टमा उपलब्ध ३ मोटरसाइकलको बारे हामी जानकारी दिदैछौ ।

सीएफमोटो १५० एनके

एनके परिवारको सबैभन्दा सानो मोटरसाइकल १५० एनके रहेको छ । यसमा १४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कूल्ड इएफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ९००० आरपीएम १४ बीएच पावर तथा १२.२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको ट्रान्समिसन रहेको यो बाइक १० लिटरको क्षमताको फ्यूल ट्याङ्क रहेको छ ।

यो मोटरसाइकलको लम्वाई २०२५ एमएम, चौडाई ७७० एमएम, उचाई १०७० एमएम र यसको ह्वीलवेस १३६० एमएमको रहेको छ । डिजाइनको आधारमा यो मोटरसाइकल हाइवे तथा सहरी क्षेत्र दुवैका लागि उत्कृष्ट रहेको छ ।

यस मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै फ्रन्टमा २९२ एमएमको ट्वीन पिस्टन क्यालीपर र रियरमा २२० एमएमको सिगंल पिस्टन क्यालीपर ब्रेक दिइएको छ । १५० एनकेको फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिगंल मोनेशक रहेको छ ।

आर्कषक सार्प लुक्स भएको यो बाइकमा एग्रेशिफ हेडल्याम्प, दुई पिस सिट, लो पोजिनश राइडर सिट, स्पोर्टस तथा इकोनोमी राइडीङ अप्सन, एलइडी टेलल्याम्प रहेको छ भने यसले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यो बाइकको मूल्य नेपाली बजारमा ३ लाख २१ हजार रुपैयाँ रहेको छ ।

सुजुकी जिक्सर १५०

सुजुकीको नेपालमा सबैभन्दा धेरै बिक्री हुने मोटरसाइक जिक्सर १५० मा केही समय अगाडि परिमार्जनसहित आएको अल न्यू जिक्सर १५०मा १५५ सीसी एफआई इन्जिन रहेको छ ।

यसमा उपलब्ध १५५ सीसी सिंगल सिलिन्डर इन्जिनले, १४.१ पीएस पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ । बीएस–६ मापदन्ड अनुसारको यस इन्जिनमा पाँच स्पिड ट्रान्समिसन दिइएको छ । यसको मूल्य ३ लाख २३ हजार ९०० रुपैयाँ रहेको छ ।

एफजेडएस भी ३

१५० सीसी सेग्मेन्टमा पल्सर १५० पश्चात् धेरै बिक्री हुने मोटरसाइकल एफजेड भी थ्री बन्न सफल भएको छ । यसले ४५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।

यामाहाको यस मोटरसाइकलमा १४९ सीसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क, दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएसमा उपलब्ध यो मोटरसाइकलको मूल्य ३ लाख २३ हजार ९०० रुपैयाँ तोकिएको छ ।


Back_to_top