लकडाउनमा नविकरण गर्नु पर्ने लाइसेन्स भदौ मसान्तसम्म नविकरण गर्दा जरिवाना नलाग्ने

काठमाडौं । लकडाउन सुरु भएपछि सवारी चालक अनुमती पत्र (लाइसेन्स) नवीकरण गर्नु पर्नेहरुलाई सरकारले भदौ मसान्तसम्म नविकरण गर्न जाँदा जरिवाना नलाग्ने ब्यवस्था गरेको छ।

सरकारको यो व्यवस्थासँगै चैत ११ गतेपछिको नविकरण गर्नु पर्ने लाइसेन्स बहाकले अब उक्त अवधिको नवीकरण गर्न जाँदा जरिवाना तिर्नुपर्ने छैन।

यातायात व्यवस्था विभागले सोमबार एक सुचना जारी गर्दै लकडाउन अवधीमा म्याद सकिएका लाइसेन्सहरु भदौ मसान्त नवीकरण गर्दा जरिवाना नलाग्ने जनाएको हो।

मन्त्रीपरिषदको साउन ५ गतेको निर्णयानुसार जरिवाना छुट दिन लागिएको हो। यो निर्णय बमोजिम सिस्टम मोडिफिकेशन समेत भैसकेकोले भदौ मसान्तसम्म जरिवाना नलाग्ने विभागले सुचनामा उल्लेख गरेको छ।


Back_to_top