मारुती सुजुकीले नयाँ ह्याचव्याक कार ल्याउदै

सांकेतिक तस्विर

काठमाडौं । मारुती सुजुकीले नयाँ ह्याचव्याक कार बजारमा ल्याउने भएको छ । कम्पनीले ‘हर्ट टेक के’ प्ल्याटफर्ममा नयाँ ह्याचव्याक कार ल्याउने तयारी गरिरहेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।

इन्डो-जापानी ब्राण्ड मारुती सुजुकी भारतमा सर्वाधिक सफल ब्राण्ड हो । कम्पनीले आफ्नो बजार हिस्सा कायम राख्न नयाँ मोडलको ह्याचव्याक कार ल्याउन लागेको हो ।

कम्पनीले ल्याउने नयाँ ह्याचव्याक कारमा ७९६ सीसी क्षमताको थ्रि सिलिण्डर नेचुरल्ली एस्पायर्ड पेट्रोल इन्जिन दिने अनुमान गरिएको छ । उक्त इन्जिनले ४८ पीएस् पावर र ६९ एनएम टर्क प्रदान गर्ने अनुमान गरिएको छ । कम्पनीले यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ ।

नयाँ मोडलको ह्याचव्याकले इन्ट्री लेवलको कार खोज्नेको आवश्यकता पुरागर्ने विभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

कम सीसी र सस्तो मूल्यका कारमा निकै ठूलो बजार हिस्सा ओगटेको मारुती सुजुकीले यो कार बजारमा ल्याएपछि आफ्नो बजार हिस्सा अझै बलियो बनाउने अनुमान गरिएको छ ।

मारुती सुजुकी इन्डियाले यसको विषयमा आधिकारीक धारणा बाहिर ल्याएको छैन । भारतमा उत्पादन हुने मारुती सुजुकीका कारहरु नेपाली बजारमा पनि उपलब्ध रहने हुनाले यो नयाँ कार पनि नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top